पूजा गुप्ता
कपिलवस्तु १८ कार्तिक ।
कपिलवस्तु प्रहरीले गए राती लागू औषध सहित एक जनालाई पक्रेको छ । प्रहरीको गस्ती टोलीले यशोधरा गाऊँपालिका वडा नम्बर ५ सुठौली भन्सार मर्जादपुरबाट १४ पिस ६१ ग्राम १८० मिलिग्राम गोलो ब्राउन सुगर सहित एक जनालाई पक्रेको हो । उनको साथबाट प्रहरीले २ वटा मोबाइल सेट पनि बरामद गरेको छ ।
पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नम्बर १० बस्ने दीप चन्द्र सिंह क्षेत्री रहेका छन् । गस्ती टोलीले नीज माथी आशंका गरी चेकचाँच गर्दा उनी पक्राउ परेका हुन् । उनलाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयको पठाइएको ससस्त्र प्रहरी निरिक्षक शंकर सिंह शिखले जानकारी दिए ।