Home Breaking News नेकपा विभाजनको डिलैमा । पार्टीपंक्ति पुनः तरंगित ।

नेकपा विभाजनको डिलैमा । पार्टीपंक्ति पुनः तरंगित ।


१९ कात्तिक, काठमाडौं ।
सत्तारुढ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको डिलैमा पुगेर जोगिएको दुई महिना भएको छैन । तर सम्भावित विभाजनको त्रासले पार्टीपंक्ति पुनः तरंगित बनेको छ ।अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच १५ कात्तिकमा भएको भेटवार्तायता नेकपा विभाजनको बहस सतहमा आएको छ । पार्टीकै शीर्ष नेताहरुले पार्टी गम्भीर संकटको मोडमा धकेलिएको अभिव्यक्ति दिएका छन् ।
१६ गते बहुसंख्यक सचिवालय सदस्य (झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल) लाई खुमलटार बोलाएर अध्यक्ष प्रचण्डले पार्टी संकटतर्फ धकेलिएको जानकारी दिए । प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीले ‘संगै जान नसकिने भयो, बरु सल्लाहमा नै पार्टी फुटाऔं’ भन्ने प्रस्ताव राखेको प्रचण्डको दाबी थियो ।लगत्तै, महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत गम्भीर संकट आएकाले पार्टी विभाजन रोक्न कार्यकर्ता पंक्तिसँग आग्रह गरे, जसले परिस्थिति थप जटिल भएको हो कि भन्ने आशंका उत्पन्न भयो ।

प्रधानमन्त्री ओलीले बुधबार सार्वजनिक कार्यक्रममा ने राजीनामा नदिने अडान सार्वजनिक गरे । जबकी, प्रधानमन्त्रीको राजीनामा कसैले मागेको प्रशंग सार्वजनिक भएको छैन । एकाएक पार्टीकै प्रमुख नेताहरूबाट पार्टी विभाजनको चर्चा आइरहेपनि पहिला जस्तो विभाजनलाई रोक्ने प्रयास खासै भएको देखिँदैन ।

ओली–प्रचण्ड मिलाउन पहलकदमी लिने रुचि दोस्रो/तेस्रो तहका नेताहरुमा देखिएको छैन । कतिसम्म भने असार–साउनमा नेकपा विभाजन रोक्न महत्वपूर्ण सन्देश दिएका दोस्रो तहका ११ नेता पनि मौन छन् । ‘दुई अध्यक्ष बीचको मतभेद सुनेका छौं, कमरेडहरुसँग टेलिफोनमा कुराकानी पनि हुन्छ । तर, संस्थागत रुपमा केही पहल भएको छैन’, स्थायी कमिटी सदस्य मणि थापा भन्छन् ।

१५ कात्तिकको भेट अगाडिसम्म ओली–प्रचण्डबीच सम्वाद गराउन पहल गरेका नेताहरु विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ पनि सक्रिय देखिएका छैनन् । बरू, ओली र नेपाललाई मिलाउन पहल भएको छ ।
१० असारबाट सुरु भएर भदौसम्म चलेको स्थायी कमिटी बैठकका बेला शीर्ष नेतृत्वबीच गम्भीर विवाद देखिँदा स्थायी कमिटी सदस्य एवम् कृषिमन्त्री घनश्याम भूसालको नेतृत्वमा सुरेन्द्र पाण्डे, शंकर पोखरेल, टोपबहादुर रायमाझी, वर्षमान पुन, जनार्दन शर्मा, प्रदीप ज्ञवाली, योगेश भट्टराई, विष्णु रिमाल, मणि थापा र शक्ति बस्नेतले विभाजन रोक्न दबाब दिएका थिए ।

पहिले र अहिलेको मतभेदको प्रसंग र विषय नै फरक भएको नेता थापा बताउँछन् । ‘अहिले दुई अध्यक्षको जिम्मेवारीबारे मतभेद देखिएको छ, यो उहाँहरुले नै समाधान गर्न विषय हो’ उनी भन्छन्, ‘यसले पार्टी विभाजन नै चाहिँ नहोला ।’

भदौ २६ को स्थायी कमिटी बैठकले ओलीले सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको नेतृत्व गर्ने निर्णय गरेको छ । तर, एकले निर्णय लिदाँ अर्का अध्यक्षसँग समन्वय गर्नेगरी दिइएको जिम्मेवारीबारे मतभेद बढेको नेताहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments