Home समाचार कोरोनाबाट थप २२ जनाको मृत्यु

कोरोनाबाट थप २२ जनाको मृत्यु

२० कात्तिक, काठमाडौं ।
कोरोनाका कारण थप २२ जनाको मृत्यु भएको छ । सप्तरीका ४ जना, काठमाडौं र मोरङका ३/३ जना, सुनसरी र पाल्पाका २/२ जना, सिराहा, ललितपुर, काभ्रे, दोलखा, भक्तपुर, सिन्धुली, मकवानपुर र कैलालीका १/१ जनाको मृत्यु भएको छ ।

मोरङका ५९ वर्षका पुरुषको बिहीबार विहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक ९ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
विराटनगर महानगरपालिका– ८ मोरङका ७० वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । बुधबार कोरोना संक्रमण पुष्टि भएको उनको सोही दिन साँझ ९ बजे मृत्यु भएको हो । उनी मुटुका रोगी थिए ।
जहदा गाउँपालिका–३ मोरङका ५५ वर्षीय पुरुषको बिहीबार बिहान ८ बजे विराटनगरको म्याक्स अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि कात्तिक १७ गते अस्पताल भर्ना भएका उनी मृगौला र मधुमेहका बिरामी थिए ।
इटहरी उपमहानगरपालिका –१८ सुनसरीका ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो ३ः३० बजेतिर नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक १७ गते अस्पताल भर्ना भएका उनमा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो ।
इटहरी उपमहानगरपालिका–४ सुनसरीका ७१ वर्षीय पुरुषको न्युरो अस्पतालमा बिहीबार दिउँसो ३ः१५ बजेतिर मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना भएका उनको सोही दिन संक्रमण पुष्टि भएको हो ।
राजविराज नगरपालिका–१ सप्तरीकी २३ वर्षकी महिलाको बिहीबार विहान ३ः १५ बजे धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक १८ गते संक्रमण पुष्टि भएपछि उनी १९ गते अस्पताल भर्ना भएकी थिइन् ।
राजविराज नगरपालिका– ८ सप्तरीका ६५ वर्षका पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार विहान ८ बजे मृत्यु भएको छ । कात्तिक १५ गते संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।
विष्णुपुर गाउँपालिका–२ सप्तरीकी २६ वर्षकी महिलाको बिहीबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । पछिल्लो १० दिनयता धरानमै उपचाररत उनमा कात्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मिर्गौलाको रोगी थिइन् ।
महादेवा गाउँपालिका–४ सप्तरीका ३० वर्षका युवकको विराटनगरको म्याक्स अस्पतालमा मृत्यु भएको छ । कात्तिक ७ गते नै मृत्यु भएका ती युवकको मृत्युपछि बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।
विष्णुपुर गाउँपालिका–१ सिराहाका ८४ वर्षका पुरुषको विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको छ । ज्वरो र सास फेर्न समस्या भएपछि उनलाई कात्तिक १७ गते अस्पताल भर्ना गरिएको थियो । कात्तिक १८ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
जोरपाटी काठमाडौंका ६२ वर्षका पुरुषको बिहीबार मृत्यु भएको छ । कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई निमोनिया र सेप्सिस भएपछि कात्तिक ५ गते अस्पताल भर्ना गरिएको थियो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामी थिए ।
सोह्रखुट्टे काठमाडौंकी ८० वर्षकी महिलाको कात्तिक १९ गते मृत्यु भएको छ । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएकी उनी निमोनिया, सेप्सिस र मिर्गौलाको समस्या भएपछि कात्तिक १८ गते अस्पताल भर्ना गरिएको थियो । उनी उच्च रक्तचाप र पार्किन्सन्सको बिरामी थिइन् ।
काठमाडौंकी ७४ वर्षकी महिलाको बिहीबार मृत्यु भएको छ । कात्तिक १७ गते अस्पताल भर्ना भएकी उनमा कात्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
लुभु, ललितपुरका ५८ वर्षका पुरुषको कात्तिक १९ गते मृत्यु भएको छ । कात्तिक १६ गते अस्पताल भर्ना भएका उनमा कात्तिक १७ गते संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको समस्या थियो ।
काभ्रेपलाञ्चोकका ७० वर्षका पुरुषको बिहीबार मृत्यु भएको छ । कात्तिक १८ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
दोलखाका ४७ वर्षका पुरुषको कात्तिक १९ गते मृत्यु भएको छ । स्वासप्रश्वास र मुटुको समस्या भई कात्तिक ४ गते अस्पताल भर्ना भएका उनलाई कात्तिक ६ गते संक्रमण पुष्टि भएको थियो ।
भक्तपुरका ८० वर्षका पुरुषको कात्तिक १८ गते मृत्यु भएको छ । कात्तिक १४ गते अस्पताल भर्ना भएका उनमा कात्तिक १५ गते संक्रमण पुष्टि भएको थियो ।
हेटौंडा उपमहानगरपालिका–६ मकवानपुरका ८२ वर्षका पुरुषको भरतपुर अस्पतालमा बिहीबार विहान मृत्यु भएको छ । कात्तिक १५ गते कोरोना संक्रमण भएका उनी ज्वरो, खोकी र स्वाशप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका थिए ।
कमलामाइ नगरपालिका–५ सिन्धुलीका ४८ वर्षका पुरुषको बिहीबार सिन्धुली अस्पतालमा मृत्यु भएको छ । कात्तिक १६ गते काठमाडौंको केएमसी अस्पतालमा ल्याइएका उनमा १७ गते संक्रमण पुष्टि भएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्न खर्च नभएपछि उनलाई सिन्धुली अस्पताल लगिएको थियो ।
तिनाउ गाउँपालिका–६ पाल्पाका ४४ वर्षका पुरुषको पाल्पाको युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको छ । कात्तिक १८ गते भर्ना भएका उनको १९ गते मृत्यु भएको हो । उनको मृत्युपछि संक्रमण पुष्टि भएको हो ।
माथागढी गाउँपालिका–२ पाल्पाका ६६ वर्षका पुरुषको बिहीबार विहान पाल्पाको मिसन अस्पतालमै मृत्यु भएको छ । कोरोना परीक्षणका लागि कात्तिक १८ गते स्वाब दिएका उनको मृत्युपछि संक्रमण पुष्टि भएको हो ।
धनगढी उपमहानगरपालिका–५ कैलालीका ९२ वर्षका पुरुषको बिहीबार विहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । कडा कालको निमोनिया भएर कात्तिक १७ गते अस्पताल आएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments