Home स्वास्थ्य सम्झौता कार्यान्वयन गर्न ध्यानाकर्षण

सम्झौता कार्यान्वयन गर्न ध्यानाकर्षण

२० कात्तिक, काठमाडौं ।
चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका प्राध्यापक डाक्टर गोविन्द केसीले आफूसँग भएका सम्झौता छिटो कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी प्रा. डा. केसीले भने, ‘ विगतमा बारम्बार हामीसँग भएका सम्झौता कार्यान्वयन नभएका तथा प्रधानमन्त्री ओली नेतृत्वको सरकारले यस अगाडि बारम्बार सम्झौता विपरीत काम गरेकाले हामीसँग निरन्तर खबरदारी गर्नुको विकल्प छैन ।’

१९औं अनशनको बेला भएका सम्झौताहरु कार्यान्वयनमा सरकार उदासिन देखिएको भन्दै उनले सम्झौताहरु कार्यान्वनयको अवस्था कहाँ पुग्यो भन्दैसरकारलाई प्रश्नसमेत गरे । १९औं अनशन बसेका केसी र सरकारबीच गत असोज २४ गते राति ८ बुँदे सम्झौता भएको थियो । त्यसो भोलिपल्ट केसीले अनशन तोडेका थिए ।साथै, उनले राजनीतिक दलका शीर्ष नेताहरुले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको आरोप लगाएका छन् । उनले भने, ‘सबै स्वास्थ्य र शिक्षण संस्थानहरुमा अफ्ना कार्यकर्ता भर्ती गर्ने, दोहोन गरेर खाने भाँडो बनाउने र त्यसपछि धरासायी बनाइदिने ?’शिक्षा र स्वास्थ्य सेवामुलक क्षेत्र भए पनि अहिलेका राजनीतिक दलहरुले नाफामुलक क्षेत्रको रुपमा व्यापार गरिरहेको बताए । ‘शीर्ष नेताहरु माफिया, विचौलिया र दलालहरुसँग मिलेर व्यापार गरिरहेका छन्,’ उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

वाणगंगा स्तरिय डोरीतान संगठन गठन

ओम प्रकाश पौडेल । कपिलवस्तु । १२ फागुन । कपिलवस्तु डोरीतान संघको आयोजनमा वाणगंगा नगरस्तरिय...

१३ दिनभित्र संसद बोलाउन सर्वोच्चको आदेश

प्रतिनिधिसभा पुनर्स्थापना काठमाडाैं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

Recent Comments