२१ कात्तिक, काठमाडौं ।
कोरोना संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । काठमाडौं र कास्कीका ३/३ जना, सुनसरी, दाङ र कैलालीका २/२ जना, उदयपुर, सिन्धुली, रामेछाप, ललितपुर, बागलुङ र नवलपरासीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् । धरान उपमहानगरपालिका–१६ सुनसरीकी ८१ वर्षकी महिलाको शुक्रबार दिउँसो २ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । १९ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि उनी २० गते अस्पताल भर्ना भएकी थिइन् । उनमा हाइपरटेन्सनको समस्या थियो ।
धरान उपमहानगरपालिका–१२ सुनसरीकी ७८ वर्षकी महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कात्तिक २० गते राति ११ बजे मृत्यु भएको छ । कात्तिक २० गते संक्रमण पुष्टि भएकी उनको सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।कटारी नगरपालिका उदयपुरका १४ वर्षका बालकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार विहान ९ : ५० बजे मृत्यु भएको छ । १२ कात्तिकमा संक्रमण पुष्टि भएका उनी १६ कात्तिकमा अस्पताल भर्ना भएका थिए । उनी क्षयरोगका बिरामी थिए । जोरपाटी काठमाडौंका ८६ वर्षका पुरुषको कात्तिक २० गते मृत्यु भएको छ । निमोनिया भई कात्तिक १३ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचापको बिरामी थिए ।काठमाडौंका ९२ वर्षका पुरुषको कात्तिक २० गते मृत्यु भएको छ । निमोनिया भई कात्तिक ११ गते अस्पताल भर्ना भएका उनमा कात्तिक १३ गते संक्रमण पुष्टि भएको थियो । छाउनी काठमाडौंकी ५७ वर्षकी महिलाको शुक्रबार मृत्यु भएको छ । स्वासप्रश्वास र मुटुको समस्या भई कात्तिक १९ गते अस्पताल भर्ना भएकी उनमा कात्तिक २० गते संक्रमण पुष्टि भएको थियो । महालक्ष्मी नगरपालिका ललितपुरका ९५ वर्षका पुरुषको कात्तिक २० गते मृत्यु भएको छ । कात्तिक १९ गते अस्पताल भर्ना भएका उनमा कात्तिक २० गते संक्रमण पुष्टि भएको थियो । उनी दमको बिरामी थिए ।