२१ कात्तिक, काठमाडौं ।
कोरोनाका कारण देशव्यापी लकडाउन गरेपछिका दिनमा आर्थिक गतिविधिहरु सुस्ताए । लकडाउन खुलेपछि पनि आर्थिक गतिविधि पुरानै अवस्थामा फर्किन सकेको छैन । व्यापार–व्यवसाय रोकिँदाको प्रत्यक्ष असर बैंकहरुमा पर्ने नै भयो । अघिल्लो वर्षसम्म लगानी योग्य रकम (तरलता) अभावको सामना गरेका बैंकहरुमा कोभिड पछि २ खर्बभन्दा धेरै रकम थुप्रियो । साउन यता विस्तारै लगानी बढ्दै गएपनि पहिलेको अवस्थामा पुग्न कति समय लाग्ने हो, अनिश्चित छ ।
बैंकहरुको पछिल्लो वित्तीय विवरणले नाफामा असर परेको देखाउँछ । बैंकिङ विज्ञ सुमन शर्मा बैंकिङ क्षेत्रमा परेको कोभिडको बाहिर देखिन बाँकी नै रहेको बताउँछन् । केन्द्रीय बैंकले दिएका केही सुविधाका कारण अहिले धेरै असर नदेखिए पनि कालान्तरमा निकै नराम्रो प्रभाव देखिने उनको विश्लेषण छ ।