कार्तिक २१ कपिलवस्तु
तिहार नजिकिन लागे सँगै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले यसवर्ष देउँसी भैलो नखेल्न आग्रह गरको छ । औपचारीक सूचना आईतबार प्रकाशन गर्ने तयारी गरेको जिल्ला प्रशासनले कोरोनाको जोखिम कपिलवस्तुमा कायमै रहेका कारण यस वर्ष दशै जस्तै तिहार पनि सामान्य किसिमले मनाउन आग्रह गरको हो । प्रमूख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले ई–साझाकुरा डट कमसगँ कुरा गदैँ भन्नुभयो तिहारको समयमा देउसी भैलो खेल्न प्रतिबन्ध नै नलगाए पनि सामान्य किसिमले मनाउन आग्रह गरिएको उहँको भनाई छ ।कपिलवस्तु जिल्ला कोभिड १९ को उच्च जोखिममा रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी पौडेलले सके सम्म देउँसीका कार्यक्रम आयोजना नगर्ने र गर्नै पर्ने भए २५ जना भन्दा बढी भेला नहुने गरी आयोजना गर्न सकिने बताउनुभयो ।
अझै पनि कोरोनाका महामारीले एक अर्का सँग डर मान्नुपर्ने स्थिति भएका कारण देउँसीका नाममा गरिएको लापरवाहीले अर्काे संकट उत्पन्न हुन सक्ने हुँदा सकभर भैलो नखेल्न उहाँले आग्रह पनि गर्नुभयो । यस्तै तिहारका बेला भारतीय बजारबाट आयात हुने पटका जन्य पदार्थ र वस्तुहरुको पूर्ण रुपमा रोक लगाइएको भन्दै उहाँले जिल्ला भित्र भेटिए जफत गरिने र कानुन अनुसार कार्वाही पनि गरिने बताउनुभयो । त्यस्तै जुवातास खेल्ने, पटका, आतिशवाजी र भुइचम्मा जस्ता विस्फोटक पदार्थ बिक्री र प्रयोग नगर्न पनि प्रशासन कार्यालयले आग्रह गरेको छ । धार्मिक स्थल जस्तै चर्च, मस्जिद, गुम्बाहरुमा भेला भई कार्यक्रम गर्ने, प्रार्थना गर्ने, संगती गर्ने काम पनि सकभर नगर्न प्रमूख जिल्ला अधिकारी पौडेलले आग्रह गर्नुभएको छ ।