ओम प्रकाश पौडेल, कपिलवस्तु, २२ कार्तिक ।
गुराँस लाईफ इन्सुरेन्स कम्पनी कपिलवस्तु शाखाको आयोजनामा अभिकर्ता छलफल तथा उत्प्रेरणा कार्यक्रम शाखा कार्यालय जितपुरमा सम्पन्न भएको छ । कोरोना भाइरसको जोखिमका विच आवश्यक सामाजिक दुरी कायम गर्दै कार्यक्रम सञ्चालन भएको शाखा प्रमुख शुशिला कंडेलले जानकारी दिनुभयो ।
कम्पनीका क्षेत्रीय प्रमुख कृष्ण बन्धु अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सितगंगा नगरपालिका वडा नम्बर १३ का अध्यक्ष दुर्गा विसी. बर्दघाट शाखा प्रमुख सुरेन्द्र प्रसाद चौधरी लगायतले बर्तमान संवेदनशिल परिस्थितिमा जीबन वीमाको अत्यन्तै धेरै महत्व रहेको बताउनु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष विसिले नेपालका विभिन्न १८ वटा जिवन विमा कम्पनीलाई पछि पार्दै प्रति लाख प्रति वर्ष ८७ सय रुपैयाँ सम्म बोनस प्रदान गर्न सफल भएको गुराँस लाईफ मै जीवन विमा गरेर आफ्नो जीवन सुरक्षित गर्न सरोकारवाला सबैमा अनुरोध गर्नु भएको छ ।