कपिलवस्तु २४ कार्तिक
एक महिलाले कपिलवस्तु अस्पतालमा शल्यक्रियाबाट तिम्ल्याहा बच्चा जन्माएकी छिन् । . कपिलवस्तु नगरपालिका– २ लम्तीया की २५ बर्षिया सामिना खातुनले शल्यक्रिया मार्फत २ छोरी र एक छोरा जन्माउनु भएको हो ।
आईतावर दिउसो एक घन्टाको शल्यक्रियामार्फत सामिनाले बच्चा जन्माउनु भएको हो । दिउसो १ बजेर १४ मिनेटमा ढाई किलो ओजनको पहिलो छोरी भएको थियो ।यस्तै १ बजेर २५ मिनेटमा २ किलो एक सय ग्रामको छोरा र १ किलो ६ सय ग्रामको छोरी भएको अस्पतालको प्रसुति वार्डले जनाएको छ ।
अस्पतालकी डाक्टर पुनम लामाको अगुवाईमा आधा दर्जन स्वास्थयकर्मीको टोलीले शल्यक्रियामा गर्नु भएको थियो । टोलीमा डाक्टर संतोष झा, रमेश महतो, रबिना क्षेत्री लगायत हुनुहुन्थ्यो ।आफनो जीवनकालमा पहिलो पटक शल्यक्रिया मार्फत तिम्लिया बच्चा जन्माउने काम काममा जुटेको डाक्टर लामाले बताउनुभयो । सामिनाले दोश्रो बेतको रुपका एकै पटक ३ बच्चा जम्माएकी हुन । उनको ३ बर्षको छोरी पनि छ । सामिना गर्भवति भएको २ महिना देखि नै अस्पतालमा निग्रानीमा रहनुभएको थियो ।
सुत्केरी आमा र नवजात शिशुहरुको स्वास्थ्य अवस्था समेत सामान्य रहेको छ । अहिले आमा र शिशुहरुलाई जनरल बार्ड मै राखिएको छ । एकै पटक तिम्लिया बच्चा जन्माएकी सामिनाले सूरु देखि नै डाक्टररहरुले आफु्लाई राम्ररी सेवा दिएकाले आफुले तिम्लिया बच्चा जन्माउन सफल भएको बताउनुभयो ।