ओम प्रकाश पौडेल, २६ कार्तिक, कपिलवस्तु ।
वाणगंगा नगरपालिकाकै समृद्ध वडा मध्येको एक वाणगंगा ४ कपिलवस्तुले यस आर्थिक वर्ष वडाको बजेट सिँचाई तर्फ लक्षित गरेर योजना कार्यान्वयन गरिरहेको प्रति स्थानियहरु खुशी भएका छन् । “वडाले यस आर्थिक वर्षमा कृषी प्रर्वद्धनका लागि सिँचाई कुलो निर्माण तर्फ आफ्नो बजेटको मुख्य अंस खर्च गर्ने जुन काम गरेको छ यो एकदम स्रहानिय छ । यसै गरि कृषि क्षेत्रको प्रर्वद्धन हुने कार्य गरेमा राष्ट्र समृद्ध बन्छ जस्तो लाग्छ मलाई । वडाध्यक्ष लगायतको जन प्रतिनिधिहरुको यो कार्यले उहाँहरुको थप उचाई बढेको छ । ” वाणगंगा ४ का मिलन चालिसेले भन्नु भयो ।
त्यस क्षेत्रका खेतियोग्य जमिनमा सिंचाई सुविधा मिलाई कृषि उत्पादनमा वृद्धि गर्न र वडाको दीगो विकासका लागि नाली निर्माण कार्य गर्न वडाले ६० लाख रुपैयाँ बिनियोजन गरेको हो । चालु आर्थिक वर्षका कार्यक्रम अन्तर्गत सो कार्य हाल अगाडी बढिरेहेको छ । कोरोनाको महामारीका कारण विचमा केहि सुस्ताएको भएपनि अहिले सम्म सो कार्य झण्डै २५ प्रतिशत पुरा भैसकेको वडा सदस्य चित्र बहादुर खाणले बताउनु भयो ।
“पहिले सडक पिच गर्ने अनि मात्रै सडक छेउका नाली बनाउँदा सडक छिटै भत्किने गरेकोले यस वर्ष सिंचाईका साथ साथै अन्य नाली निर्माण तर्फ बजेट केन्द्रित गरिएको छ । फेरि सिंचाई तर्फ प्रत्येक वर्ष बनाएको कुलो भत्किएर कृषकहरुले कुलाई गरिरहन पर्ने सास्ती भोगि रहेको पनि थिए । अब यो कार्य सम्पन्न भएपछि कृषकहरुको शास्ती पनि हट्ने छ । हो त्यहि भएर हामीले यी योजनाहरु यस आर्थिक वर्षमा कार्यान्वयनमा ल्याएको हौँ, यस प्रति वडाबासिको साथ सम।र्थन र सहयोग रहेको छ” वडाध्यक्ष गणेश क्षेत्रीले भन्नुभयो ।
वडाले दरखास्त मर्थि पक्कि कुलो निर्माण, होराइजन स्कुल हुँदै गएको कुलो निर्माण र वडा भित्रका विभिन्न सडक छेउमा नाली निर्माणमा २०।२० लाख रुपैयाँका दरले ६० लाख रुपैयाँ विनियोजन गरेको वडा कार्यालयले जनाएको छ ।