काठमाडौं,१ मंसिर
कोरोना भाइरसको संक्रमणबाट थप दुई डक्टरको ज्यान गएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा. सुनिल झा र डा. नारायण बहादुर थापाको मृत्यु भएको हो । झा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राध्यापक समेत हुनुहुन्थ्यो। उहाँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
कात्तिक दोस्रो साता कोरोना संक्रमण पुष्टि भएका उहाँलाई रेमडिसिभिरका साथै प्लाज्मा समेत दिइएको थियो । तर मल्टी अर्गान फेलियर भएपछि मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । डा. थापा नेपाल बर्न सोसाइटी र इशान अस्पतालका अध्यक्ष हुनुहुन्थ्यो । कोरोना संक्रमित उहाँको उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट थप २ डक्टरको ज्यान गयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1