Home Breaking News हङकङ आगलागीमा ११ नेपालीको ज्यान गयो ।

हङकङ आगलागीमा ११ नेपालीको ज्यान गयो ।

२ मंसिर, काठमाडौं
हङकङको कार्मालोन क्षेत्रमा पर्ने जोर्डन भन्ने ठाउँमा नेपालीद्वारा सञ्चालित रेस्टुरेन्टमा भएको आगलागीमा परी ११ जनाको ज्यान गएको छ। मृत्यु हुनेमध्ये सबै नेपाली रहेको साहारा हङकङका अध्यक्ष दिपक गुरुङले जानकारी दिनुभयो ।


मृत्यु हुनेहरुमा तीन नेपाली परिवार भित्रका रहेको पनि गुरुङले जानकारी दिनुभयो । मृत्यु हुनेमध्ये ७ जना नेपालीको भने सनाखत भइसकेको छ। आगलागीमा परी मृत्यु हुनेमा ३८ बर्षीय युवराज कँडेल, १३ बर्षीय कृतिका कँडेल, ३५ बर्षीय राजबाबु नेपाल, ९ बर्षीय रियान नेपाल र ३९ बर्षीय शेरबहादुर गुरुङ छन। यसैगरी, ३२ बर्षीय अनिता निरौला र ४० बर्षीय विनिता तामाङको रहेको र अरु मृतकको सनाखत हुन बाँकी रहेको छ।


अध्यक्ष गुरुङका अनुसार अरु ३ जना पुरुष र ४ जना महिलाको अबस्था गम्भीर रहेको र उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भैरहेको छ। जिरे खुर्सानी नामक सो रेष्टुरेन्टमा आइतबार राति आगलागी भएको थियो। तिहारको दिपावलीका साथै जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगोलागी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments