३ मंसिर, एजेन्सी, मुम्बई
दीपिका बलिउडकी सफल हिरोइन मात्र होइनन्, उनी आफ्नो सुन्दरताका साथै बौद्धिक पनि मानिन्छिन् । अभिनेता शाहरुख खानसँग फिल्म ‘ओम शान्ति ओम’ बाट आफ्नो करिअर सुरु गरेकी उनले गएको एक दशकमा बलिउडको टप अभिनेत्रीमा आफूलाई उभ्याउन सफल भएकी छन् । अहिले उनलाई बक्सअफिसको क्विन भन्ने गरिन्छ । उनी अभिनीत प्रायः फिल्म सुपरहिट छन् ।
यद्यपि, केही वर्षपछि भन्सालीले दीपिकासँग लगातार ३ सुपरहिट फिल्ममा काम गरे र उनको करिअरलाई नयाँ उचाईमा पु¥याए । ‘सांवरिया’ सँगै अभिनेत्री दीपिका यश चोपडाको अन्तिम फिल्म ‘जब तक है जान’ र ‘धूम ३’ को पनि हिस्सा थिइन् तर पछि उनको ठाउँमा कटरीना कैफलाई लिइएको थियो । यी दुई फिल्ममा कटरीनाले दीपिकालाई रिप्लेस गर्न सफल भएकी थिइन् ।
दीपिकाले अनुपम खेर स्कूल अफ एक्टिङ स्कूलबाट अभिनय र कोरियोग्राफर श्यामक डावरबाट नृत्य सिकेकी थिइन् । सन् २००७ मा उनी हिमेश रेशमियाको म्यूजिक भिडियो ‘नाम है तेरा’ मा देखिएकी थिइन् । यसपछि उनले फराह खानको फिल्मबाट आफ्नो करिअर सुरुवात गरेकी थिइन् । दीपिका पछिल्लो पटक फिल्म ‘छपाक’ मा देखिएकी थिइन् भने ‘८३’ प्रदर्शनको पखाईमा छ ।