Home Breaking News नेकपामा ओलीले छुट्टै प्रतिवेदन पेस गर्ने, स्थायी कमिटी बैठक १८ गते

नेकपामा ओलीले छुट्टै प्रतिवेदन पेस गर्ने, स्थायी कमिटी बैठक १८ गते

३ मंसिर, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा अध्यक्ष केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्नुहुने भएको छ । बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव ल्याउने बताउनु भएको हो । यसअघि २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गर्नु भएको थियो । साथै सचिवालय बैठक माग गर्दै पाँच नेताले लेखेको २ पन्ने पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको १० पन्ने पत्र र प्रतिउत्तरमा प्रचण्डले लेखेको सात पन्ने पत्र र अन्तर पार्टी निर्देशन (अपानि) समेत वितरण भएको थियो ।


नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार अध्यक्ष ओलीको प्रस्ताव समेतलाई ध्यानमा राखेर सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ । १३ गते ओलीले प्रस्ताव पेस गरेपछि सचिवालयमा सबै प्रस्तावमाथि छलफल हुनेछ ।साथै १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । यसअघि स्थायी कमिटीले १५ कात्तिकमा तोकेको केन्द्रीय कमिटी बैठक एक महिनालाई सारिएको थियो । अब थप दिन पर धकेलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा जारी खेलकुद अन्तर्गत आइतबार पनि विभिन्न स्पर्धा सम्पन्न ।। फागुन १४ देखि जारी प्रतियोगिता सोमबार समापन हुँदै ।।

ओम प्रकाश पौडल । कपिलवस्तु । १६ फागुन ।बुद्धभूमि नगरपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप प्रतियोगिता अन्तर्गत आइतबार पनि...

मानिस हराएकोले खोजि गरिदिनुहुन परिवारको अपिल

ओम प्रकाश पौडेल । १६ फागुन, कपिलवस्तु ।यहिफागुन ९ गते स्यांजा देखि बुटवल हुँदै कपिलवस्तु बोडगाउँ आउने क्रममा आफ््ना पिता हराई रहेकोले...

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

Recent Comments