ओम प्रकाश पौडेल, कपिलवस्तु, ३ मंसिर
यस क्षेत्रका सक्रिय ११ जना लब्ध प्रतिष्ठित समाजसेवीहरुको १८ करोड रुपैयाँको लगानीमा कपिलवस्तुको वाणगंगा ११ बरवामा ३ विगाहा ६ कठ्ठाको विशाल क्षेत्रफलमा स्थापना भएको सत्यवती इन्फ्रास्टक्चर एण्ड कन्सट्रक्सन कम्पनीले छोटो समयमा नै सरकारको मुख्य नारा सुखी नेपाली समृद्ध नेपाललाई साकार पार्ने दिसामा अगाडी बढेको छ । विकास निर्माणका लागि आवस्यक पर्ने सबै किसिमका ह्युम पाइप, ब्लक, पार्किङ टायल, बाउण्ड्री पोल, धोएको ढुंगा गिट्टी बालुवा मिस्कट यथेष्ट मात्रामा सहज सरल तरिकाले सुपथ मुल्यमा उपलब्ध गराई यस जिल्लाकै समृद्धिका लागि एउटा सूचकको रुपमा काम गरिरहेको छ । सोहि सम्बन्धमा प्रस्तुत छ यस अनलाइनका कार्यकारी निर्देशक ओम प्रकाश पौडेलले कम्पनीका म्यानेजिङ डाइरेक्टर लोकनाथ पौडेलकोसंग गरेको कुराकानी ।
१ कार्यकारी निर्देशक ज्यू सत्यवती इन्फ्रास्टक्चर एण्ड कन्सट्रक्सन कम्पनी कस्तो कम्पनी हो ?
यो कम्पनी सेवामूलकका साथै नाफा मूलक कम्पनी हो । यस क्षेत्रमा हुने विकास निमार्णका काममा टेवा पुराउने उद्देश्यले खोलिएको हो ।यसले रोजगारीका अवसरहरु सिर्जना गर्न समेत भूमिका खेलेको छ ।
२ यस कम्पनीले के कस्ता चिज बस्तु उत्पादन गर्छ?
ह्युम पाइप, पार्किङ टायल, व्लक, रिङ, बाउन्ड्री पोल र प्रसोधित गिट्टी बालुवा यस कम्पनीले उत्पादन गर्दै आएको छ ।
३ यस कम्पनीले प्रदान गर्ने अन्य सेवाहरु के के हुन?
यस कम्पनीले निर्माण संग सम्बन्धित माथि उल्लेखित सेवाहरुका साथ साथै हाल अन्य कुनै किसिमका अन्य सेवाहरु प्रदान गरेको छैन । हाल स्थापनाको चरणैमा कम्पनी रहेको छ । यस क्षेत्रका उपभोक्ताको माग एवं आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले आफ्ना उत्पादनहरुमा परिमार्जन तथा थप विकास गर्दै जाने नीति अख्तियारी गरेको छ ।
४ यस कम्पनीको उत्पादन क्षमता दैनिक कति छ?
बर्तमान अवस्थामा दैनिक रुपमा विभिन्न साइजको ह्युम पाइप २० पिस, पार्किङ टायल ५ हजार वटा, प्रसोधित गिट्टी बालुवा ३० ट्रिपर, ब्लक रिङ बाउन्ड्री पोल १२०० वटा उत्पादन हुँदै आएका छन् । माग अनुसार यसमा अझ थप गर्ने योजना कम्पनीले बनाएको छ ।
५ कम्पनीको बजार क्षेत्र कुन हो?
कम्पनीको बजार क्षेत्र कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा हुँदै भविष्यमा प्रदेश पाँचलाई नै पूर्ण रुपमा सेवा प्रवाह गर्ने योजना बनाएका छौँ ।
६ कम्पनीमा स्टक कति छ?
हाल कम्पनीमा विभिन्न साइज गरी झण्डै ८०० वटा जति ह्युम पाइप, विभिन्न प्रकारका आकर्षक पार्किङ टायल ८० हजार पिस, ब्लक ५० हजार पिस, रिङ बाउन्ड्री पोल २५००० पिस रहेका छन् भने मिस्कट ५ लाख क्यू फूट हाल स्टक रहेको छ ।
७ व्यवसायका अन्य थुप्रै क्षेत्रहरु हुँदा हुँदै यहाँहरुले किन यस किसिमको उद्योगमा लगानी गर्नुभयोे?
हाल देश विकाशोन्मुक अवस्थामा रहेको र भोली विकासको गतिलाई अझ थप गर्नका लागि विकासलाई दु्रत गतिमा अगाडी बढाउन राज्यलाई सहयोग गर्ने हेतुले यो पावन कार्यमा हामी खटिएका हौँ ।
८ तपाईहरु सुरुवाती अवस्थामा पनि हुनुहुन्छ हाल सम्मको ग्राहकको प्रतिक्रिया कस्तो पाउनुभएको छ ? ं
यो छोटो समयमै भए पनि सहुलियत मुल्यमा अत्यन्तै गुणस्तरिय सेवा प्रवाह गर्न सफल भएकोमा हामी अत्यन्तै खुशी छौँ । आज सम्म यस कम्पनीका विभिन्न उत्पादनहरु प्रयोग गर्ने ग्रहाकहरुको प्रतिक्रिया राम्रो एकदम उत्साहजनक रहेको छ ।
९ कम्पनीको बजार प्रवद्र्धनका लागि के गरि रहनुभएको छ ?
कम्पनीको बजार प्रवद्र्धनका लागि आम सञ्चारका माध्यम मार्फत उपभोक्ताहरुलाई आफूहरुका उत्पादनका विषयमा जानकारी दिने, विभिन्न क्षेत्रमा एजेन्टहरु मार्फत पनि प्रर्वद्धनात्मक गतिविधिहरु सञ्चालन गर्ने, होडिङ बोर्डहरु लगाउने कार्य चलिरहेको छ । यसमा अझ महत्वपूर्ण कुरा के भनेनी हामीले हाम्रा उत्पादनको गुणस्तरमा कुनै पनि किसिमको सम्झौता गरेका छैन्। कित उत्पादनै नगर्ने गरेपछि गुणस्तरिय उत्पादन गरेर मात्र बजार सम्म पु¥याउने हाम्रो लक्ष अनुरुप नै हामीले गुणस्तरीय उत्पादनहरु बजार सम्म पठाएका छौँ । यो नै हाम्रो बजार प्रवद्र्धनका लागि प्रमुख औजार हो भन्ने हामीलाई लाग्छ ।
१० कम्पनीका भावी योजनाहरु के के छन्?
हामीले हालको गुणस्तरमा पनि थप बढोत्तरी दिने, रेडि मिक्सको उत्पादन थप गर्ने र विद्युत पोलको उत्पादनलाई पनि थप गर्ने योजना बनाएका छौँ ।
११ अन्त्यमा यहाँहरुको केहि अपेक्षा पो छन् कि?
अन्त्यमा सम्पूर्ण ग्रहाक महानुभावलाई हाम्रा उत्पादन बस्तुहरु निर्धक्क भई उपभोग गरिदिन अनुरोध गर्दछौँ । साथै सञ्चारकर्मी साथीहरुलाई यस सत्यवती इन्फ्रास्टक्चर एण्ड कन्सट्रक्सन प्रा.लि.को तर्फबाट हाल सम्मको समन्वय प्रवद्र्धनात्मक गतिविधिहरु प्रति धन्यवाद व्यक्त गर्दछु । साथै आगामी दिनमा पनि यस कम्पनीको प्रर्वद्धनमा सदैव सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा पनि गरेका छौँ । अन्त्यमा आज यस शुद्धोधन अनलाइन डट कमले हाम्रो राष्ट्र विकासमा टेवा पुराउने किसिमको यस कम्पनीको विषयमा आम जनता समक्ष सूचना विचार संप्रेषण गर्ने जुन अवसर प्रदान गरेको छ यस मिडिया प्रति तथा पत्रकार प्र्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछु । धन्यवाद ।