Home जिल्ला समाचार सिराजुलवलुम अलसल्फिया र आयशा गल्र्स कलेज संचालनमा आउदै

सिराजुलवलुम अलसल्फिया र आयशा गल्र्स कलेज संचालनमा आउदै

जय मिश्रा, कृष्णनगर, ३ मंसिर
कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फिया र आयशा गल्र्स कलेज झण्डानगर पुनः सञ्ंचालनमा आउदै छ। कोभिड–१९ महामारीको कारणले लामो समयदेखि बन्द रहेको कलेज आउदो शनिवारदेखि पुनः संचालनमा आउन लागको हो । कोभिड–१९ महामारीबाट बिद्यार्थी, अभिभावक, कलेजका प्राध्यापक तथा कर्मचारी सबैलाई बचाउनको लागि समग्र समुदायका जनताको स्वास्थ्य प्रति ख्याल गर्दै कलेज बन्द गरिएको थियो । अब त्यो बन्द गरिएको कलेजमा कक्षा सञ्चालनको लागि नेपाल सरकारले जारी गरेको निर्देशिकको पालन गर्दै पुनः कक्षा संचालनगरि रहेको कुरा कालेजका प्रवक्ता मौलाना मसहूद खान नेपालीले जानकारी दिनुभयो ।
कोभिड–१९ को रोकथाम तथा सामना गर्नकालागि व्यापक रुपमा विद्यालय बन्द गरिएका कारण बालबालिकाको शिक्षाका साथै समग्र समाज र समुदाय हितमा अभूतपूर्ब स्थिति सिर्जना भएको छ । विशेषगरी बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा “विद्यालय जानबाट बञ्चित बालबालिकाका लागि बढ्दो असमानता, कमजोर स्वास्थ्य अवस्था, हिंसा, बाल श्रम तथा बालविवाह आदि लगायत कैयौं दीर्घकालीन जोखिमहरु हुने सम्भावना रहेको पनि जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरका अध्यक्ष समीम अहमद नदवीले बताउनु भएको छ । यी सबै कुरालाई ध्यानमा राखेर नेपाल सरकारले पुनःकक्षा संचालन गर्नको लागि जारी गरेको निर्देशनको पालन गर्दै कलेजले पुनः कक्षा सञ्चालन गर्न लागिरहेको उहाँको भनाइ छ ।

आयशा सिद्दीका गल्र्स कलेजका उपाध्यक्ष डां मन्जुर अहमद खांले शिक्षा मन्त्रालयले प्रस्तुत गरेको कक्षा सञ्चालनका सात विकल्पहरु मध्येमा आधारित रहेर आफूहरुले पनि कक्षा सञ्चालन गर्न थालेको जानकारी दिनुभयो । जति धेरै समय बालबालिका विद्यालय जाँदैनन, उनीहरू फेरी विद्यालय फर्किने सम्भावना त्यति नै कम हुँदै जान्छ। सुरक्षित समय आउनासाथ हामीले विद्यालय पुनःसञ्चालन गर्न सकेनौं भने यसबाट शिक्षामा अपुरणीय क्षति हुने सम्भावना छ खाँले भन्नुभयो ।
जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर र आयशा गर्ल्स कालेज झण्डानगरका पदाधिकारीहरुले लिएको निर्णयको सम्मान गर्दै अलसल्फियाका प्रधानाध्यापक डां अब्दुलगनी अलकुफीले पदाधिकारीहरुलाई बधाई दिदै भन्नुभयो – उक्त कालेजका बिद्यार्थी, शिक्षक र अन्य कर्मचारीहरुले पूर्ण सावधानी कासाथ र अनिवार्य रुपमा फेस मास्कको प्रयोग गरी पदाधिकारीहरुले लिएको निर्णयको सम्मान गर्दै शनिवारका दिन उपस्थित हुन अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

वाणगंगा स्तरिय डोरीतान संगठन गठन

ओम प्रकाश पौडेल । कपिलवस्तु । १२ फागुन । कपिलवस्तु डोरीतान संघको आयोजनमा वाणगंगा नगरस्तरिय...

१३ दिनभित्र संसद बोलाउन सर्वोच्चको आदेश

प्रतिनिधिसभा पुनर्स्थापना काठमाडाैं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

Recent Comments