Home अर्थ उद्योग वाणिज्य महासंघको असन्न निर्वाचनमा दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

उद्योग वाणिज्य महासंघको असन्न निर्वाचनमा दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

४ मंसिर, काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेद्वारहरु सर्वसम्मत चयन भएका छन् । प्रदेश १ का तर्फबाट उम्मेद्वारी दिएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका सन्दिप अग्रवाल केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।
सात प्रदेशका लागि एक एक वटा कोटा केन्द्रीय सदस्यका लागि छुट्याइएको हुन्छ । जसमा प्रदेश एकबाट राउत सर्वसम्मत चयन भएका हुन् । महासंघको प्रदेश एक कमिटिका उपाध्यक्ष समेत हुन् ।द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट पनि एक जनाको मात्रै उम्मेद्वारी परेपछि अग्रवाल चयन भएको महासंघ निर्वाचन समितिले जनाएको छ । अग्रवाल नेपाल–इन्डोनेसिया उद्योग वाणिज्य संघका अध्यक्ष हुन् ।
उनीहरु सर्वसम्मत चयन भइसकेपनि ६ बजेमात्रै औपचारिक रुपमा विजयी घोषणा गर्ने महासंघको तयारी छ । उनीहरु दुबै जनाले वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालको समूहबाट उम्मेद्वारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments