Home समाचार कोरोनाले वडाध्यक्षको ज्यान लियो ।

कोरोनाले वडाध्यक्षको ज्यान लियो ।

४ मंसिर, जनकपुरधाम ।
कोरोनाको संक्रमणबाट वडाध्यक्षको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ६ का अध्यक्ष ७५ बर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको बिहीबार मृत्यु भएको हो ।स्वास्थ्यमा समस्या आएपछि मोक्तानलाई १ मंसिरमा प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । सोही दिन स्वाब दिएका उनलाई संक्रमण भएको सोमबार पुष्टि भयो । बिहीबार दिउँसो १२ बजेर ४५ मिनेटमा उनको मृत्यु भएको हो ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आईसीयूमा राखेर उपचार थालिएको थियो । तर उपचारकै क्रममा मृत्यु भएको छ । उनमा उच्च रक्तचाप र मुटुसम्बन्धी रोग पनि थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

अक्सिजन नपाएर अस्पतालमै ८ संक्रमितको मृत्यु

30 वैशाख, बुटवल । रुपन्देहीका अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन नपाएर मृत्यु...

बैशाख ३० मा रमजान र ३१ शुक्रवारका दिन ईद उल फितर मनाइने: राष्ट्रीय मदरसा संघ नेपाल

२९, बैशाख, कपिलवस्तु आज नेपालको कुनै पनि भागमा चन्द्रमा देखिएन न त छिमेकी...

कपिलवस्तुमा जेष्ठ १० सम्म निषेधाज्ञा

२०७८ बैशाख २९ , कपिलवस्तु कपिलवस्तुमा बैशाख ३१ गतेसम्मको निषेधाज्ञा (लकडाउन) जेष्ठ १० सम्म थप हुने भएको छ...

तौलिहवा अस्पतालमा आउने अक्सिजन हाईज्याक, उपचाररत ५५ जनाको जीवन रक्षा गर्न अधिकारकर्मीको माग

कपिलवस्तु २८ बैशाख । कपिलवस्तु अस्पताल तौलिहवामा नियमित रुपमा आउने गरेको ५० सिलिण्डर अक्सिजन रुपन्देही प्रशासनको आदेशमा हाई ज्याक...

Recent Comments