Home अर्थ कोरोना प्रभावित क्षेत्रलाई अधिकतम १० करोडसम्म सहुलियतपूर्ण ऋण

कोरोना प्रभावित क्षेत्रलाई अधिकतम १० करोडसम्म सहुलियतपूर्ण ऋण

४ मसिंर, काठमाडौं ।
सरकारले कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय संचालन निरन्तरताका लागि घोषणा गरेको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन कानूनी बाटो खोलेको छ । अर्थ मन्त्रालयका अनुसार व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ मन्त्रिपरिषद्बाट स्वीकृत भएको हो ।

कार्यविधिअनुसार अब कोरोनाबाट अतिप्रभावित क्षेत्रका व्यवसायीले व्यवसायको निरन्तरता र कर्मचारीको तलव भुक्तानी गर्न अधिकतम १० करोडसम्म सहुलियतपूर्ण ऋण लिन सक्ने भएका छन् ।
सरकारले कार्यविधिबाटै अतिप्रभावित क्षेत्रको पहिचान गरिसकेको छ । जसमा घरेलु तथा साना तथा मझौला उद्यम, हवाई, पर्यटन तथा होटेललगायत व्यवसाय रहेको छ । कार्यविधि अनुसार यसरी प्रवाह हुने कर्जाको ब्याजदर पहिलो वर्ष ५ प्रतिशत र दोस्रो वर्ष ६ प्रतिशत कायम भएको छ । यो कर्जाको भुक्तानी अवधि भने दुई वर्षको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

नेपाली महिलाको कपडा च्यातिदिएपछि सिमामा प्रदर्शन

भैरहवा २० फागुन ।  हिजो साझ भारतीय सिमा सुरक्षा बलका प्रहरीले स्थानीय महिलाको कपडा च्यातिदिएपछि नेपाल भारत...

सन्धिखर्क नगरपालिकाले कृषकलाई बिना धितो कृषि ऋण प्रदान गर्ने ।।

अर्घाखाँची १९ फागुनसन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि गर्ने कृषकहरुलाई बिना धितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ । विदेशबाट फर्किएका र...

अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा दुर्घटनामा १३को मृत्यु

काठमाडौ :  अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा भएको एक सवारी दुर्घटनामा कम्तिमा १३ जनाको मृत्यु भएको छ।उनीहरुमध्ये १०...

म्यानमारमा सुरक्षाफौजको गोली लागेर ३८ जनाको मृत्यु

काठमाडौं :  म्यानमारमा लोकतन्त्रमाथि कू गरेको सैनिक शासक क्रुर बन्दै गएको छ। प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको...

Recent Comments