Home जिल्ला समाचार दुर्गन्धको छेवैमा खेलमैदान ।

दुर्गन्धको छेवैमा खेलमैदान ।


४ मंसिर कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिकाले उचित फोहोर व्यवस्थापन गर्न नसकेका विषयमा तिव्र आलोचना भईरहेका बेला नगर अन्र्तगतका वडाहरुमा पनि त्यस्तै समस्या देखा परेको छ ।
नगरपालिकाको वडा नम्बर ७ र वडा नम्बर ९ स्थित सीमा क्षेत्रमा उचित स्थानमा फोहोर व्यवस्थापन हुन नसक्दा अहिले सडकमा यात्रा गर्नेहरु दुर्गन्ध सँग सामाना गर्न बाध्य छन् । दुई वडको सीमा क्षेत्र स्थित कोईली नदीको किनारमा बनाईएको व्याडमिण्टन कोटमा अहिले फोरफाल्ने डम्पिङ साईड बनेको छ । घेरवा बनगाई देखि भलवाड हुँदै अर्घाखाँचीको डोहोँटे जोड्ने सो सडकको किनार स्थित व्याडमिण्टन कोटमा जथाभावि फालिएको फोरको व्यवस्थापनमा दुबै वडाले जागरुकता देखाउन नसकको स्थानियको भनाई छ । त्यस्तै वडा नम्बर ९ मा पर्ने कपिलआरोग्य मन्दिर कपिलधाम, साहित्य चौतारी र नवनिर्मित बौद्धविहारको प्रवेशद्धारको रुपमा रहेको स्थानमै फोहोर थुप्रिदा महत्व बोकेका स्थानको सुन्दरता समेत खोसिएको छ ।
यसैबिच कपिलआरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकरप्रसाद आचार्यले बौद्धविहार समिति र वडा अध्यक्षलाई आफुले यस विषयमा जानकारी गराएको भन्दै सो स्थानमा फोहोर नफाल्न आग्रह गरिएको बताउनुभएको छ । यता सो स्थानमा फाँलिएको फोहोरको सम्बन्धित टोलविकास संस्थाको माध्यमबाट तत्काल सफाई गराउने वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले बताउनुभयो । त्यस्तै उहाँले स्थायी रुपमा फोहोर डम्पिङ स्थल पनि बनाउने बताउनुभयो ।
अहिले सडक छेवैमा विस्थापित गरिएको फोहोरका कारण दुर्गन्ध समेत फैलन थालिसकेको छ भने आर्थिक लगानि सहित निर्माण गरिएको व्याडमिण्टन कोट पनि डम्पिङ स्थलमा परिणत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

अक्सिजन नपाएर अस्पतालमै ८ संक्रमितको मृत्यु

30 वैशाख, बुटवल । रुपन्देहीका अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन नपाएर मृत्यु...

बैशाख ३० मा रमजान र ३१ शुक्रवारका दिन ईद उल फितर मनाइने: राष्ट्रीय मदरसा संघ नेपाल

२९, बैशाख, कपिलवस्तु आज नेपालको कुनै पनि भागमा चन्द्रमा देखिएन न त छिमेकी...

कपिलवस्तुमा जेष्ठ १० सम्म निषेधाज्ञा

२०७८ बैशाख २९ , कपिलवस्तु कपिलवस्तुमा बैशाख ३१ गतेसम्मको निषेधाज्ञा (लकडाउन) जेष्ठ १० सम्म थप हुने भएको छ...

तौलिहवा अस्पतालमा आउने अक्सिजन हाईज्याक, उपचाररत ५५ जनाको जीवन रक्षा गर्न अधिकारकर्मीको माग

कपिलवस्तु २८ बैशाख । कपिलवस्तु अस्पताल तौलिहवामा नियमित रुपमा आउने गरेको ५० सिलिण्डर अक्सिजन रुपन्देही प्रशासनको आदेशमा हाई ज्याक...

Recent Comments