४ मंसिर नवलपरासी
नवलपरासी पश्चिमको सरावल गाउँपालिका–१ मा बोलेरो पिकअपको ठक्करबाट एक जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गमा स्थित बासा चोकमा पुर्व तर्फ जाँदै गरेको प्रदेश–३–०१–०२३च ५७३६ नम्बरको बोलेरोले लु । १ह ८१० नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो । बोलेरोको ठक्करबाट रिक्सामा सवार रुपन्देही घर भएका दुर्गा बहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । रिक्सा चालक रुपन्देहीको तिलोत्तमा घर भएका जगराम चौधरी, रिक्सामा सवार ४० बर्षिया दुर्गा बिक, सन्त कुमारी विक र फुलमाया बिक घाइते भएका छन् ।
उनीहरुको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । बोलेरो पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पिकअपको ठक्करबाट नवलपरासीमा १ को ज्यान गयो । ४ जना घाइते ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1