Home Breaking News बलात्कारपछि किशोरीको हत्या आशंका । प्रहरी अनुसन्धान जारी

बलात्कारपछि किशोरीको हत्या आशंका । प्रहरी अनुसन्धान जारी

४ मंसिर, कपिलवस्तु ।
कपिलवस्तुको मायादेबी गाउपालिका– २ मनखोरिया गाउँमा एक किशोरिको सामुहिक बलात्कार पछि हत्या भएको आशंका बढेको छ । गत कार्तिक २९ गते राति १७ बर्षिया सबनाम खातुनको सामुहिक बलात्कार पछि पासो लगाई हत्या गरिएको मृतकको परिवारको आरोप छ ।


स्थानीय पिन्टु भन्ने सर्वजित धोबी, २५ बर्षिय रामकुमार धोबी, राजमति पासी, शिवलाल धोबीले आफनो छोरीको बलात्कार पछि हत्या गरेको मृतकका बुवा अब्दुल गफ्फारले आरोप लगाउनु भएको हो । गत २९ गते राति घरबाट एकाएक गायब भए पछि बिहान ४ बजे तिर आफनो छोरीको शव रुखमा पासो लगाएर झुन्डीएको अवस्थामा भेटिएको उहाँले बताउनु भयो ।


यद्यपी पिन्टुलको परिवारले भने युवतीले आफैले आत्महत्या गरेको दाबी गरेका छन । प्रेम सम्बन्धलाई परिवारले अस्विकार गरे पछि आबेसमा आएर सबनमले आत्महत्या गरेको र आफुहरुलाई फसाउन खोजिएको उनीहरुको भनाई छ । यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले घटनाको अनुसंधान भईरहेकोले हत्या वा आत्महत्या अहिले नै भन्न नसकिने बताउनु भयो । उहाँले मृतकको कपिलवस्तु अस्पतालबाट पोस्टमर्टको रिपार्ट आए पछि धेरै कुरा खुल्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments