Home विदेश मास्क नलगाए दिल्लीले दुई हजार जरीवाना लिने

मास्क नलगाए दिल्लीले दुई हजार जरीवाना लिने

४ मंसिर, काठमाडौं ।
भारतको दिल्ली सरकारले बिहीबार सार्वजनिक स्थलमा मास्क नलगाउने मानिसलाई दुई हजार भारतीय रुपैयाँ जरीवाना गरिने घोषणा गरेको छ । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मानिसहरुलाई कोरोना भाइरस (कोभिड–१९) को नियम पालना गराउन यस्तो व्यवस्था गरिएको बताए । सार्वजनिक स्थलमा जाँदा मास्क लगाउनाले कोरोना संक्रमणमा ठूलो कमी आउन सक्ने उनको भनाइ छ ।


केजरीवालले दिल्लीमा संक्रमितको उपचारका लागि पर्याप्त बेडहरु रहेको दाबी गरे । उनले बिहीबार दिल्लीमा कोरोना संक्रमणको अवस्थाबारे अध्ययनको लागि सर्वपक्षीय बैठक बोलाएका थिए । केजरीवालले उक्त बैठकमा सबै पार्टी एक भई दिल्लीका नागरिकको सेवाको लागि तयार भएको जानकारी दिए ।साथै दिल्लीले सार्वजनिक स्थलमा आउँदै गरेको छठ पर्व मनाउन पनि रोक लगाएको छ । केजरीवालले सबैलाई आफ्नै घरमा छठ मनाउन आग्रह गरे । दिल्लीमा अहिले कोरोनाको दोस्रो लहर फैलिएको छ । बुधबार मात्र दिल्लीमा सात हजार ४८६ नयाँ संक्रमित फेला परेका छन् । यससँगै दिल्लीमा कोरोना संक्रमितको संख्या पाँच लाख नाघेको छ । त्यस्तै बुधबार मात्र दिल्लीमा कोरोनाबाट १३१ जनाको मृत्यु भएको थियो । दिल्लीमा एकैदिन कोरोनाबाट मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments