Home अर्थ मूल्य ३ हजार ८३१ रुपैयाँको साबुन कस्तो होला हेर्नुस !

मूल्य ३ हजार ८३१ रुपैयाँको साबुन कस्तो होला हेर्नुस !

४ मंसिर, सप्तरी ।
‘एउटा लाइफबोय साबुनको मूल्य कति ?’ बिक्रेताहरुका अनुसार ९५ ग्रामको खुद्रा मूल्य ३० रुपैयाँ र १२५ ग्राम तौल भएको साबुनको ३५ रुपैयाँ पर्छ ।तर यही साबुनका लागि सप्तरीको एउटा स्थानीय तहले ३ हजार ८३१ रुपैयाँ ४२ पैसाको बिल बनाएको छ ।
बोदे बर्साइन नगरपालिकाले कोरोना महामारीका समयमा २ करोड २१ लाख ३४ हजार ३ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ, जसमा स्यानिटाइजर, साबुन, झुल, म्याट्रेस, मास्क, पञ्जा लगायतका सामाग्री खरिद गरिएको छ । नगरपालिकाको कार्यालयले प्रमाणित गरेको खर्च विवरणमा साबुनको शुल्क मनमरी राखेको पाइएको छ ।

चैत २२ गते ९५ पिस लाइफाबोय साबुन खरिद गरिएको छ, जसको मूल्य ३ लाख ६३ हजार ९८५ रुपैयाँ छ । यसअनुसार एउटा साबुनको मूल्य ३ हजार ८३१ रुपैयाँ ४२ पैसा पर्छ ।चार दिनपछि ११४० पिस साबुन किनिएको छ, जसको मूल्य ४ लाख ३१ हजार ९५५ रुपैयाँ छ । यसअनुसार एउटा साबुनको मूल्य २९९ रुपैयाँ ९६ पैसा प¥यो ।
चैत ३१ गते फेरि ६९१२ पिस लाइफबोय साबुन किनिएको छ र २ लाख ३ हजार ८०६ रुपैयाँ खर्च देखाइएको छ । यसअनुसार एउटा साबुनको २९ रुपैयाँ ४९ पैसा प¥यो ।यसबारे प्रश्न गर्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले खर्च विवरणमा प्रिन्ट मिस्टेक भएको तर्क गरे । २२ चैतमा खरिद गरिएको साबुन ९५ पिस नभई कार्टुन भएको उनको दाबी छ । तर ९५ कार्टुन साबुन किनेको भए चार दिनपछि नै ६९१२ पिस किन खरिद गरियो भन्ने जवाफ उनीसँग छैन । मूल्य पनि त्यसअनुसार मिल्दैन । नगरपालिकाको हिसाब गडबड साबुनमा मात्र छैन, स्यानिटाइजर लगायतको मुख्यमा पनि छ ।खर्च विवरणमा २२ चैतमा ७ लाख ७ हजार १९२ रुपैयाँमा २८०४ पिस स्यानिटाइजर खरिद गरेको उल्लेख छ ।चार दिनपछि नगरपालिकाले फेरि २ हजार ४० पिस स्यानिटाइजर किनेको छ र यसको ६ लाख २२ हजार ४४० रुपैयाँको हिसाब देखाइएको छ । चार दिनको अन्तरमा एक पिस स्यानिटाइजरको मूख्यमा ४७ रुपैयाँ ४५ पैसा फरक परेको छ ।
नगरपालिकाले २८ वैशाखामा ७५ पिस पीपीई गाउन (सिम्पल) किनेको छ, जसको मूल्य २७ लाख ५२ हजार ५०० राखिएको छ । यसहिसावले एक पिस पीपीई सेटको ३६ हजार ७०० रुपैयाँ परेको छ । जुन बजार मूल्यभन्दा अत्याधिक धेरै हो ।एक पिस सर्जिकल मास्कको मूल्य झण्डै ८० रुपैयाँ छ भने पञ्जाको मूल्य ७०० बढी राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments