Home खेलकुद मैत्रीपूर्ण फुटबल खेलेर नेपाली टोली स्वदेश फिर्ता

मैत्रीपूर्ण फुटबल खेलेर नेपाली टोली स्वदेश फिर्ता

४ मंसिर, काठमाडौं ।
बंगलादेशसंग दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टिम बिहीबार स्वदेश फर्केको छ ।नेपालले मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत बंगलादेशसंग ढाकामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।एन्फा उपाध्यक्ष शिक्षित पराजुलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोली र अफिसियलहरुलाई स्वागत गरे ।नेपालले बंगलादेशमा खेलेका दुई खेलमध्ये पहिलोमा हार ब्यहो¥यो भने अर्को खेललाई बराबरीमा रोकेको थियो । दुई खेलेको श्रृङ्खला बंगलादेशले १-० ले आफ्नो पक्षमा पार्दै ट्रफी भने घरमै राख्यो । पहिलो खेलमा नेपाल २-० ले पराजित भएको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो ।


कोरोनाभाइरस महामारीले गर्दा गत चैतदेखि फुटबल खेल्न नपाएको नेपालले सात महिनापछि मैत्रीपूर्ण खेल खेलेको हो ।बंगलादेशमा भएको मैत्रीपूर्ण खेलमार्फत ६ युवा खेलाडीले राष्ट्रिय टिममा डेब्यु गर्ने अवसर पाए । पहिलो खेलमा डिफेण्डर विकास खवास, एरिक विष्ट र दर्शन गुरुङले डेब्यु गरे भने दोस्रो खेलमा छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्दम्बेले डेब्यु गरे ।


बंगलादेश जानुअघि प्रशिक्षणका क्रममा ७ खेलाडीलाई कोरोना संक्रमण भएपछि यस पटक राष्ट्रिय टिममा ८ नयाँ खेलाडीले अवसर पाएका थिए । पहिलो पटक टिममा स्थान बनाएकामध्ये गोलकिपर दीप कार्की र डिफेण्डर दिलेन लोक्तानले भने मैदान प्रवेश गर्ने अवसर पाएनन् ।बंगलादेबाट फर्केका राष्ट्रिय टिमका खेलाडीहरु अब सातदोबाटोस्थित एन्फा कम्प्लेक्स होस्टलमा बस्ने एन्फाले जनाएको छ । बुधबार कोरोना संक्रमण पुष्टि भएका टिम म्यानेजर मधुसुदन उपाध्याय भने हाल बंगलादेशमै छन् र कोरोना नेगेटिभ आएपछि मात्र नेपाल फर्कनेछन् ।

यस्तै गोलकिपर किरण चेम्जोङ भने बंगलादेशबाटै आई लिग खेल्नको लागि भारत प्रस्थान गरेका छन् । किरणले राउण्ड ग्लास पञ्जाबबाट नयाँ सिजनको आई लिग खेल्दैछन् ।

नयाँ सिजनमा नेपालका अर्का खेलाडी अभिषेक रिजालले पनि मोहम्मेदन एफसी बाट खेल्दैछन् । मोहम्मेदन आईलिग क्वालिफायरको विजेता बन्दै छनोट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै

१ सय ५९ जना सकृय संक्रमित कपिलवस्तु ५ असारकपिलवसतुमा सकृय कोरोना सक्रमितको सख्या निरनतर घटदै गएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिवार...

दोस्रो लहरमा रुपन्देहीमा ३१९ संक्रमितको मृत्यु, ।।

३० देखि ४९ वर्ष समूहका मात्रै २९ प्रतिशत ।।असार ५, भैरहवा–रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट हाल सम्म ४७६ जना कोरोना संक्रमितको मृत्यु भएको...

नेविसंघ र तरुण दल विपन्नको सहयोगमा जुट्दै ।।

५ असार कपिलवस्तु ।विपद् होस या अन्य समस्या समुदायमा देखिन साथ नेविसंघ र नेपाल तरुण दलका प्रतिनिधि समुदायमा पुने गर्दछन् ।विश्वभर...

प्रांगारिक खेती प्रर्बद्धन गर्न वाणगंगा २ का महिला कृषक समूहलाई उपकरण हस्तान्तरण ।।

पार्बती आचार्य कपिलवस्तु, ५ असार ।बाणगंगा नगरपालिका वडा नं. २ गोबडीहवास्थित ज्योती महिला कृषक समूहमा सञ्चालन भैरहेको...

Recent Comments