Home समाचार नेकपा विवाद उत्कर्षमा । प्रचण्ड, पौडेल छलफल ।

नेकपा विवाद उत्कर्षमा । प्रचण्ड, पौडेल छलफल ।

५ मंसिर, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उत्कर्षमा पुगेको छ । विवाद समाधानका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलबीच छलफल भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच विवाद समाधानका उपायमाथि छलफल भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको योजनामा नै महासचिव पौडेलले प्रचण्डसँग छलफल गरेका हुन्। प्रचण्डसँग भेट्नुअघि पौडेलले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा छलफल गरेका थिए।

मन्त्रिपरिषद् पुनर्गठन र कर्णाली प्रदेशको विवादलाई लिएर बल्झिएको विवादमा कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा ओलीमाथि संगीन आरोप लगाउँदै राजनीतिक प्रतिवेदन पेस गरेपछि घटनाक्रमले नयाँ रुप लिएको छ। प्रधानमन्त्री ओलीले पनि आगामी सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने बताएपछि थप अन्योलतर्फ नेकपाको विवाद गएको छ। पछिल्लो समय नेकपाको विवाद मिल्ने भन्दा पनि अर्को विवाद थपिँदै गएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

अक्सिजन नपाएर अस्पतालमै ८ संक्रमितको मृत्यु

30 वैशाख, बुटवल । रुपन्देहीका अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन नपाएर मृत्यु...

बैशाख ३० मा रमजान र ३१ शुक्रवारका दिन ईद उल फितर मनाइने: राष्ट्रीय मदरसा संघ नेपाल

२९, बैशाख, कपिलवस्तु आज नेपालको कुनै पनि भागमा चन्द्रमा देखिएन न त छिमेकी...

कपिलवस्तुमा जेष्ठ १० सम्म निषेधाज्ञा

२०७८ बैशाख २९ , कपिलवस्तु कपिलवस्तुमा बैशाख ३१ गतेसम्मको निषेधाज्ञा (लकडाउन) जेष्ठ १० सम्म थप हुने भएको छ...

तौलिहवा अस्पतालमा आउने अक्सिजन हाईज्याक, उपचाररत ५५ जनाको जीवन रक्षा गर्न अधिकारकर्मीको माग

कपिलवस्तु २८ बैशाख । कपिलवस्तु अस्पताल तौलिहवामा नियमित रुपमा आउने गरेको ५० सिलिण्डर अक्सिजन रुपन्देही प्रशासनको आदेशमा हाई ज्याक...

Recent Comments