पार्बती आचार्य कपिलबस्तु ६ मंसिर
साहित्यकार पशुपतिमणि त्रिपाठी (घम्मल) एवम् वलीमोहम्मद मोमिनको ‘घम्मलकै घमन्जा’ तथा बुद्धडायरी नामक पुस्तक विमोचन गरिएको छ । नव कपिलवस्तु साहित्यिक समाज कपिलवस्तुको आयोजना तथा जानकी त्रिपाठीको सहयोगमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो । विमोचित ‘घम्मलकै घमन्जा’ मा अवधि, नेपाली, विधाका गीत, कविताहरु प्रस्तुत गरिएको छ । पुस्तकमा आजको अवस्था, परिवेश, धार्मिक स्थल, चालचलनमा आधारित भई मनोरन्जनात्मक तथा ज्ञानवद्र्धक विषयबस्तुलाई समावेश गरिएको छ ।
त्यस्तै बुद्धधर्म, बुद्धदर्शन तर्फ जोड दिंदै बुद्ध परिचयसँग सम्बद्ध पुरातात्विक र धार्मिक स्थलहरुको पर्यटनमा आधारित विकास एवम् सम्वद्र्धनको ब्यापक प्रचार–प्रसारमा जोड दिने उद्देश्यले बुद्धडायरी पुस्तक विमोचन गरिएको लेखक वली मुहम्मद –मोमिन) ले बताए ।
कार्यक्रमका प्रमुख अतिथि यशोधरा माविका पुर्वप्रधानाध्यापक अयोध्याप्रसाद पाण्डेयले हाम्रा चालचलन संस्कृति तथा कलाको संरक्षणमा स्थानीय तहको विशेष भुमिका रहने बताए । उनले धार्मिक, पर्यटकीय तथा सांस्कृतिक सम्पदाको संरक्षणमा साहित्यकारहरुको अहम् भुमिका रहने बताए ।
‘घम्मलकै घमन्जा’ का लेखक पशुपति मणि त्रिपाठीले आ–आफ्नो भाषा, साहित्य, कला र संस्कृति प्रति पुर्ण समर्पित रही आफ्नो समाज, जिल्ला र राष्ट्रको गौरव कायम गर्नका लागि अनुरोध गरेका छन् । उनले उक्त पुस्तकमा विभिन्न भाषा शैलिमा लेखिएका गित र कविताले नेपाली साहित्यलाई मात्रै नभएर अन्य साहित्यलाई पनि मुखरित गर्ने बताए ।
त्यस्तै शुभम पाण्डे, कपिलवस्तु साहित्यिक समाजका वासुदेव चौधरी, जिल्ला समन्वय समितिका अधिकृत भुमिराम पोख्रेल, राघवेन्द्र कुमार श्रीवास्तव, लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवाली, भवानी भिक्षु स्मृति प्रतिष्ठान काठमांडौका कोषाध्यक्ष विक्रममणि त्रिपाठी, संस्कृतविद् एवम् साहित्यकार चतुर्भुज पाण्डे, पशुपति प्रताप पुस्तकालयका अध्यक्ष राजेश कुमार पाण्डेय र शिक्षक अरुणेन्द्र मणि त्रिपाठीले शुभकामना मन्तब्य दिंदै साहित्यिक प्रतिभाले सहत्यि रचनालाइृ निरन्तरता दिन आग्रह गरे । यस्तै अवधि भाषा नेपाली भाया भन्दा पुरानो भएको साथै अवधिका साहित्यकार पनि नेपाली भएकोले साहित्यको महत्व सबैलाई बुझ्न आग्रह गरे ।
विमोचित पुस्तक माथि वन्दना गुप्ता र सकुन्तला पौडेलले समिक्षा गरेका थिए । कार्यक्रममा साहित्यकारहरुले राष्ट्रप्रेमी, ऐतिहासिक, बुद्धसंग सम्बन्धित भाव समेटिएका कविता, गजल, मुक्तक लगायतका रचनाहरु वाचन गरेका थिए ।
कपिलवस्तु साहित्यिक समाजका संस्थापक अध्यक्ष हरिराज शर्मा (हरास) को अध्यक्षता, राघवेन्द्र कुमार श्रीवास्तवको स्वागत तथा संस्थाका कोषाध्यक्ष गीता त्रिपाठीको सञ्चालनमा कार्यक्रम तौलिहवामा सम्पन्न भएको थियो ।