६ कात्तिक, काठमाडौं ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेता सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीको भत्र्सना गर्नु भएको छ । सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको भन्दै नेता नेपालले यसको छानविन गरी कारबाही गर्न स्थानीय पार्टी एवं सम्वद्ध पक्षको ध्यानाकर्षण गराउनु भएको छ ।
यस्तो कार्य जो सुकैले गरेको भए पनि लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने कार्य भएको भएको उहाँले बताउनुभयो ।
नेकपा स्थायी कमिटी सदस्य पाण्डेले शनिबार गृहजिल्ला चितवनको राप्ती नगर पार्टीको बैठकमा बोलिरहँदा केही नेताहरुले नाराबाजी गरेका थिए ।