Home समाचार चिनिया रक्षामन्त्रीको नेपाल भ्रमण बारे अमेरीका र भारतलाई चासो

चिनिया रक्षामन्त्रीको नेपाल भ्रमण बारे अमेरीका र भारतलाई चासो

काठमाडौं, ६ मंसिर ।
चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एक दिने भ्रमणको व्यस्त तालिका लिएर मंसिर १४ गते नेपाल आउने भएका छन ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल–चीन सम्बन्धको ६५ औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो । भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुनेछ । रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्नेछन । चिनियाँ दूतावासले आयोजना गर्ने द्विदेशीय सहयोग समन्वयको बृहत् कार्यक्रममा पनि उनले सहभागिता जनाउने छन् । चिनियाँ रक्षामन्त्री नेपाल हुँदै बंगलादेश र पाकिस्तानको भ्रमणमा जानेछन् । चिनियाँ विदेशमन्त्री वाङ्ग यी नेपाल भ्रमणमा आउने चर्चा चले पनि अन्ततः रक्षामन्त्री नै नेपाल भ्रमणमा आउन लागेका हुन् ।
काठमाण्डौंस्थित चिनियाँ राजदूतावासले आयोजना गर्ने द्धिदेशीय सहयोग समन्वयको बृहत कार्यक्रममा समेत उनले सहभागी जनाउने छन् । उनको भ्रमणको विषयमा रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीबीच छलफल भएको थियो ।प्रधानमन्त्री ओली र राजदूत यान्छीबीचको भेटलाई नेकपाको विवादमा चीनले चासो दिएको अर्थमा चर्चा भए पनि भेटमा रक्षामन्त्रीको नेपाल भ्रमणबारे छलफल भएको स्रोत बताउँछ ।

तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले सन् २०१९ को अक्टोबरमा चीनको भ्रमण गरेका थिए ।पोखरेलको चिनियां रक्षामन्त्री फेङ्हेसँग राम्रो व्यक्तिगत सम्बन्ध समेत छ । उनको भ्रमणका बेला २.५ विलियन बराबरको सैन्य सहयोग नेपाली सेनालाई दिने सहमतिमा हस्ताक्षर समेत भएको थियो । त्यसपछि गत जुलाईमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको समेत चीन भ्रमण भएको थियो । त्यसैको निरन्तरता स्वरुप चीनबाट उच्चस्तरको भ्रमण हुन लागेको हो । तत्कालीन रक्षामन्त्री पोखरेलले उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । चिनियाँ राष्ट्रपति सी चिनफिंगले गत वर्षको अक्टोबर १२–१३ मा नेपालको भ्रमण गरेका थिए । त्यसयता चीनबाट उच्चस्तरीय भ्रमण भएको छैन् ।चीनको स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री फेङ्हे चिनियाँ राष्ट्रपतिको भ्रमणपछि नेपाल आउने पहिलो उच्च चिनियाँ अधिकारी हुनेछन् । उनी चिनियाँ राष्ट्रपतिका विश्वासिला नेता हुनुका साथै पहिलो नम्बरका स्टेट काउन्सिलर समेत हुन् ।
यसअघि चिनियाँ जनमुक्ति सेनाको रकेट फोर्स कमाण्डर रहेका उनी केन्द्रीय सैन्य आयोगका पहिलो नम्बरमा सदस्य हुन् । उक्त आयोगको चिनियाँ राष्ट्रपति सी अध्यक्ष हुन् । त्यसअघि उनी चिनियाँ जनमुक्ति सेनाको डेपुटी चिफ अफ स्टाफको जिम्मेवारीमा थिए ।पछिल्लो समय भारतबाट उच्चस्तरको राजनीतिक भ्रमण भएसँगै चीनबाट पनि त्योभन्दा माथिल्लो स्तरबाट भ्रमण हुन लागेको हो । भारत र अमेरिकाबीच दक्षिण एसियामा रणनैतिक साझेदारी बढेसँगै यो क्षेत्रमा चिनियाँ चांसो पनि बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments