६ मंसिर,बुटवल ।
रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ । सियारी गाउँपालिकाकी ६५ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको बताइएको छ ।
उहाँलाई २३ कात्र्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने २४ गते अस्पताल भर्ना हुनु भएको थियो । उहाँको उपचारकै क्रममा शनिबार दिउँसो सवा २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. नारायण पोखरेलेलले जानकारी दिए ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १०३ पुगेको छ ।