Home जिल्ला समाचार जनज्योती माविबाट प्रयोग हुन नपाउँदै ९ वटा कम्प्युटर र ल्याप्टप चोरी

जनज्योती माविबाट प्रयोग हुन नपाउँदै ९ वटा कम्प्युटर र ल्याप्टप चोरी

७ मंसिर, कपिलवस्तु
जनज्योती मावि वाणगंगा ७ मोतिपुरबाट का ९ वटा कम्प्युटर र ल्याप्टप चोरी भएका छन् । विद्यालयको कार्यालय भित्र राखिएका नयाँ सेट ९ थान कम्प्युटर सेट चोरी भएको छ भने एक थान ल्याप्टप सहितका उपकरण चोरी भएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भण्डारीले बताउनुभयो । प्रयोगमै ल्याउन नपाउँदै ९ थान डेक्स्टब कम्प्युटर चोरी भएका हुन् । विद्यालयको कार्यालयको ढोका तोडेर सो सामान चोरी भएका हुन । प्रधानाध्यापक भण्डारीका अनुसार विद्यालयका कम्प्युटर सहितका विभिन्न उपकरण गरी करिब रु. २ लाख बराबरका सामान चोरी भएका छन् ।


यता घटनाका विषयमा अनुसन्धान भईरहेको र गस्तिटोली बढाइएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । चोरीको घटना अन्य अपराध जस्तो अनुसन्धानमा सहज नभएका कारण चोरीका घटना बढि हुने गरको र अनुसन्धानमा पनि समय लाग्ने गरको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङ्ले बताउनुभयो ।
प्रहरीको सक्रियता बढेको दावी भईरहे पनि वाणगंगा नगरपालिका वडा नम्बर ७ मा पछिल्लो केही महिनामै एक दर्जन बढी चोरीका घटना भएका छन् । तर चोरी गर्ने समुह भने अज्ञात रहदैँ आएको छ । जसका कारण प्रहरी सक्रियता कमजोर देखिएको छ भने चोरी गर्ने गिरोह सक्रिय बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुको कृष्णनगरमा १११ औं अन्तर्राष्ट्रीय महिला दिवस भव्यताका साथ मनाइयो

कृष्णनगर, फाल्गुन २४ महिला सुरक्षा,सम्मान र रोजगार समृद्ध नेपाल को आधार...

पुरुषबारे महिलाले थाहा पाउनै पर्ने १० रोचक तथ्य

पुरुषहरु बाहिरबाट कठोर स्वभावको हुन्छन् । उनीहरु भित्रबाट निकै नै कोमल पनि हृदयका हुन्छन् । भन्न त धेरैले सजिलै भनिदिन्छन्, ‘मर्दलाई सानो...

इक्वेटोरियल गिनीमा श्रृंखलावद्ध विस्फोट, १७ जनाको मृत्यु

२४ फागुन । मध्य–अफ्रिकी मुलुक इक्वेटोरियल गिनीमा लगातार भएको बम विस्फोटमा १७ जनाको मृत्यु भएको छ। सयौं मानिसहरू घाइते...

सहकारीका माध्यमबाट समाजलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपले नै रुपान्तरण गर्नु पर्ने: मन्त्री पौडेल

नेपालगञ्ज २४ फागुन । लुम्बिनी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले विपन्न समुदायको सारथीको रुपमा...

Recent Comments