८ मंसिर दाङ ।
अर्घाखाँचीको शितगंगा नगरपालिका ८ का वडा अध्यक्ष रुपेश आले सहित ७ जना जुवाडेलाई प्रहरीले पक्रेको छ । १ लाख ४६ हजार रुपैयाँ सहित ७ जना जुवाडे दाङको देउखुरी लालमटियाबाट जुवा खेलीरहेकै अवस्थामा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा शितगंगा(८ का वडा अध्यक्ष रुपेश आले, प्युठानको सरुमारानी गाउँपालिका ३ का ५० वर्षिय चुमानसिंह सुनार, सोही ठाउँका ३५ वर्षिय अल्ली शाह, वडा नम्बर १ का २४ वर्षिय एडिस मिंया, सोही वडाका ४० वर्षिय अकबर हुसेन मिंया, वडा नम्बर ३ का ४४ वर्षिय कृष्णबहादुर राना र दाङ जिल्ला राप्ती गाउँपालिका २ का २१ वर्षिय यमबहादुर राना रहेको दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।
पक्राउ परेका जुवाडेहरुको साथबाट बिभिन्न दरका नेपाली नोट गरी १ लाख ४६ हजार रुपैया, जुवा खेल्न प्रयोग भएको १० थान तास गड्डि, १ थान गलैंचा बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रवक्ता खड्काले जानकारी दिए ।