Home Breaking News अहिले कांग्रेशका लागि सत्ता रुचिको विषय होइन ः कांग्रेस प्रवक्ता

अहिले कांग्रेशका लागि सत्ता रुचिको विषय होइन ः कांग्रेस प्रवक्ता

८ मंसिर, काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारमा सहभागिता आफ्नो रुचीको विषय नभएको प्रष्ट्एको छ । कांग्रेस सभापति शेरबहादुर देउवासँग शनिबार भएको भेटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्राको प्रस्ताव राखेको खबरहरु आइरहेको बेला कांग्रेश प्रवक्ताको यस्तो अभिव्यक्ति आएको हो ।


तर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले सत्तामा सहभागी हुन ‘अफर’ कांग्रेसलाई गरेको हो कि भन्ने आशंका नगर्न पनि आग्रह गरे । अहिले सरकारमा सहभागिता कांग्रेसको रुचीको विषय नभएको भन्दै उनले भने, ‘हामी सत्ताका लागि लालायित छैनौं, ५ वर्षका लागि प्रतिपक्षीमा रहने जनादेश छ ।’
नेकपाभित्रको द्वन्द्वमा आफूहरु निरपेक्ष रहेको भन्दै उनले आफ्नो जोडघटाउमा प्रतिपक्षी टाउको गणना नगर्न आग्रह गरेका छन् ।भोलिको दिनमा नेकपा कुन बाटोमा जान्छ भन्ने टुंगो नभएको भन्दै शर्माले अहिले धेरै चासो राख्नुपर्ने अवस्था नरहेको बताए । ‘सत्तारुढ दलमा केही द्वन्द्व भयो भन्दैमा कांग्रेसले सत्ताका लागि खुट्टा उचालिहालेको वा अलिकति उज्यालो अनुहारका साथ सिंहदरबारतिर हेरेको नसोच्न आग्रह गर्दछु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments