८ मंसिर, काठमाडौं ।
कोभिड जोखिम भत्ता उपलब्ध नगराएको भन्दै वीर अस्पतालका कर्मचारीहरुले ३६ दिनदेखि आन्दोलन जारी राखेका छन् । औषधि खरिद भत्ता,सेवा विस्तार भत्ता कोभिड जोखिम भत्ता उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ । ३६ दिनयता आन्दोलनरत स्वास्थ्यकर्मी र अस्पताल व्यावस्थापनबीच पटक पटक छलफल भएपनि कुनै निर्णय हुन नसकेको बताइएको छ ।
स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्य माग पुरा नभए अझै कडा आन्दोलन हुने बताउँछन् । यसअघि आन्दोलनरत कर्मचारीले अस्पतालका पधाधिकारीहरुको बाटो छेक्कने काम गरेका थिए ।