कपिलवस्तु, ८ मंसिर
नेपाली काँग्रेसका सहमहामन्त्री डक्टर प्रकाशशरण महतले पार्टी सभापति शेर बहादुर देउवा प्रधानमन्त्री ओली बिच भएको भेटघाटमा सत्ता साझेदारीको बिषयमा छलफल नभएको बताए । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले काँग्रेस सत्ता साझेदारी गर्ने अभियानमा नभएको र साझेदारीको आवश्यकता समेत नरहेको प्रष्ट्याए ।
नेकपाले आन्तरीक कुरामा आफै सहमती गर्नु पर्ने बताउदै मित्र राष्ट्रको सहयोग लिने पद्धतीले राम्रो नगर्ने उनको भनाई थियो । नेकपा भित्रको समस्या आफ्नै बल बुतामा समाधान गर्न उनले सुझाव दिए । बर्तमान सरकारले गरेको भ्रष्टाचार लाख करोडमा नभई अर्बोमा भएको उनको आरोप थियो । पार्टीको कोभिड १९ अनुगमन समितीका संयोजक समेत रहेका महतले सरकारले कोरोनामा २० अर्ब खर्च देखाए पनि नागरिकले राहत नपाएको बताए । सरकारले कोरोना संक्रमण बढदै गर्दा स्वास्थ्य सेवा प्रवाहमा खासै चासो नदिएको बताउदै सरकारले पिसिआर परिक्षणको दायरा घटाउने कार्य गरेर नागरिकको स्वास्थ्य अधिकार खोस्न खोजेको आरोप लगाए ।
प्रेस युनियनका जिल्ला अध्यक्ष गोपाल भण्डारीको अध्यक्षता, उपाध्यक्ष तथा कोभिड १९ जिल्ला सुचना संयोजक खग प्रसाद चापागाईको स्वागत र सचिव मणी गैह्रेको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य अतहर कमाल, आमन्त्रित केन्द्रिय सदस्य राजेश सिंह, नेबिसंघ केन्द्रिय सभापति राजिव ढुंगाना, पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचाय, पुर्व पार्टी सभापति राजेश आचार्य लगायतको सहभागीता रहेको थियो ।