Home जिल्ला समाचार सत्यवतीका ह्युम पाइप प्रति ग्राहकहरुको आकर्षण

सत्यवतीका ह्युम पाइप प्रति ग्राहकहरुको आकर्षण

ओम प्रकाश पौडेल, कपिलवस्तु, ८ मंसिर ।
सत्यवती इन्फ्रास्टक्चर एण्ड कन्सट्रक्सन कम्पनीले उत्पादन गरेका ह्युम पाईप प्रति ग्राहकहरुको आकर्षण बढेको छ । “वाणगंगा ११ बरवामा अवस्थित आफ्नै क्रेसरमा धोएको गिट्टी बालुवा मिस्कट तथा गुणस्तरिय सिमेन्टको प्रयोग गरेर बनाइएकोले कम्पनीले उत्पादन गरेको ह्युम पाईप अत्यन्तै गुणस्तरयुक्त भएको कारण यसले ग्राहकको मन जित्न सफल भएको हो” कम्पनीका प्रवन्ध निर्देशक लोकनाथ पौडेलले बताउनुभयो ।


“ह्युम पाइप मात्रै हैन अन्य उत्पादन पार्किङ टायल रिङ ब्लक यसको पनि माग राम्रो रहेको छ विशेषतः हामीले गुणस्तरमा सम्झौता गरेका छैनौँ त्यसै कारणले हाम्रा उत्पादनहरु ग्राहकले मन पराई दिनु भएको छ” अध्यक्ष चिरिञ्जीवी पन्तले भन्नु हुन्छ । “कम्पनीबाट सम्बन्धित ठाउँ सम्म पु¥याएर फिट गर्दा सम्म हुने टुट फुटको कम्पनीले जिम्मा लिन्छ तैपनि टुट फुट हुने गरी हामीले उत्पादन गरेकै छैनौँ सोहि कारण हाल सम्म त्यसरी हामीले बनाएका ह्युम पाइपहरु टुटफुट भएका छैनन्” पन्तले दावी गर्नुभयो ।


कम्पनीले १५ सेन्टिमिटर, ३० सेन्टिमिटर, ४५ सेन्टिमिर, ६० सेन्टिमिटर, र ९० सेन्टिमिटर गरि पाँच प्रकारका ह्युम पाइपहरु उत्पादन गर्ने गरेको चालु आर्थिक वर्षमा हाल सम्म विभिन्न साइजका २०० वटा ह्युम पाइप झण्डै ५० लाख रुपैयाँको कारोबार भएको बताइएको छ । कम्पनीले १२० सेन्टिमिटरको ह्युम पाइप उत्पादन गर्ने तयारी पनि गरिरहेको कम्पनीले जनाएको छ ।


दैनिक उत्पादन क्षमता २५ वटा ह्युम पाइप रहेको कम्पनीमा अहिले पनि १५०० पिस ह्युम पाईप स्टकमा नै छन् हामी राष्ट्र विकासको अभियानमा निरन्तर सरिक भैराखेका छौँ प्रबन्ध निर्देशक पौडेलले भन्नुभयो । कल्भर्ट, पुल, पानी निकास, नाला निर्माण, ढल निकासका लागि अति उपयोगी ह्युम पाइप सत्यवतीमा उत्पादन भएर अर्घाखाँची पाल्पा रुपन्देही परासी गुल्मीसम्म पुग्ने गरेको कम्पनीका बजार व्यवस्थापक राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

वाणगंगा स्तरिय डोरीतान संगठन गठन

ओम प्रकाश पौडेल । कपिलवस्तु । १२ फागुन । कपिलवस्तु डोरीतान संघको आयोजनमा वाणगंगा नगरस्तरिय...

१३ दिनभित्र संसद बोलाउन सर्वोच्चको आदेश

प्रतिनिधिसभा पुनर्स्थापना काठमाडाैं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

Recent Comments