Home समाचार सरकार विरुद्ध भैरहेको भ्रमपूर्ण प्रचारको पछि नलाग्नु ः प्रधानमन्त्री

सरकार विरुद्ध भैरहेको भ्रमपूर्ण प्रचारको पछि नलाग्नु ः प्रधानमन्त्री

८ मंसिर, ताप्लेजुङ ।
प्रधानमन्त्री केपी ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा अनुरोध गरेका छन् । सरकारको लोकप्रियतालाई देखेर आत्तिएकाहरुले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे ।फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको सोमबार उद्घाटन गर्दै उनले सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरुपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताए । “हामी समृद्धिका लागि अघि बढिरहेका छौँ तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटिपूर्ण हो”, प्रधानमन्त्री ओलीले भने ।
अर्काे प्रसङ्गमा उनले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको बताए । छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको उनको भनाइ थियो ।उनले घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।यस्तै हालसम्म कञ्चनजङ्घामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र पर्यटकका लागि सो क्षेत्र खुला गरिने उनले बताए । घुन्सावासीले राखेका विभिन्न मागलाई सरकारले ध्यान दिनेसमेत उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुको कृष्णनगरमा १११ औं अन्तर्राष्ट्रीय महिला दिवस भव्यताका साथ मनाइयो

कृष्णनगर, फाल्गुन २४ महिला सुरक्षा,सम्मान र रोजगार समृद्ध नेपाल को आधार...

पुरुषबारे महिलाले थाहा पाउनै पर्ने १० रोचक तथ्य

पुरुषहरु बाहिरबाट कठोर स्वभावको हुन्छन् । उनीहरु भित्रबाट निकै नै कोमल पनि हृदयका हुन्छन् । भन्न त धेरैले सजिलै भनिदिन्छन्, ‘मर्दलाई सानो...

इक्वेटोरियल गिनीमा श्रृंखलावद्ध विस्फोट, १७ जनाको मृत्यु

२४ फागुन । मध्य–अफ्रिकी मुलुक इक्वेटोरियल गिनीमा लगातार भएको बम विस्फोटमा १७ जनाको मृत्यु भएको छ। सयौं मानिसहरू घाइते...

सहकारीका माध्यमबाट समाजलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपले नै रुपान्तरण गर्नु पर्ने: मन्त्री पौडेल

नेपालगञ्ज २४ फागुन । लुम्बिनी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले विपन्न समुदायको सारथीको रुपमा...

Recent Comments