Home समाचार सुदूरपश्चिममा तीन महिनाको माग धान्ने पेट्रोलियम भण्डारण गृह बन्ने

सुदूरपश्चिममा तीन महिनाको माग धान्ने पेट्रोलियम भण्डारण गृह बन्ने

८ मंसिर, काठमाडौं ।
नेपाल आयल निगमले ३ महिनाको पेट्रोलियम भण्डारण डिपो निर्माण गर्न सुदूरपश्चिम प्रदेशमा अध्ययन थालेको छ । हरेक प्रदेशमा ३० महिनालाई पुग्ने पेट्रोलियम भण्डारण गृह बनाउने सरकारी नीति बमोजिम प्रदेशमा पेट्रोलियम भण्डारण गृह बनाउन प्रस्तावित क्षेत्रको उद्योग मन्त्रीसहितको टोलीले आइतबार अध्ययन अवलोकन गरेको हो ।
नयाँ भण्डारण गृह बनाउन कैलाली जिल्लाको गोदाबरी नगरपालिकास्थित शिवशक्ति महिला सामुदायिक वनको ३० बिगाह जमिनमा प्राप्त गर्ने निगमको प्रारम्भिक तयारी छ । उद्योगमन्त्री भट्ट र निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसहितको टोलीले अवलोकन गरेपछि जग्गा प्राप्तिको थप प्रक्रिया अघि बढाइएको निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले जनाएको छ ।
सुरक्षा, जमिनको भौगोलिक बनावट लगायतको हिसाबले उक्त क्षेत्र उपयुक्त रहेको निगमको प्रादेशिक कार्यलयले जनाएको छ । सामुदायिक वनको जग्गामा भण्डारण गृह बनाउन दिन सामुदायिक वनको सहमतिपछि वन मन्त्रालयको स्वीकृति दिनु पर्छ भने त्यसलाई मन्त्रिपरषद्ले स्वीकृत गर्नु पर्छ ।भण्डारण गृह निर्माणकालागि प्रस्तावित जमिनमा सहमति जुटे जग्गा खरिदमा खर्च हुने निगमको ठूलो धनराशी जोगिने निगमको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments