Home Breaking News नेकपा फुटको चरणमा । नेता देखि मन्त्रिसम्म धुरमुर ।

नेकपा फुटको चरणमा । नेता देखि मन्त्रिसम्म धुरमुर ।

रुपन्देही, ९ मंसिर ।
अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताउनुभएको छ । प्रेस संगठन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले नेकपामा यो तहको समस्या कहिल्यै नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कठिन र जटिल अवस्थामा आइपुगेको नेकपालाई एकताबद्ध गरेर जनताका अपेक्षा पूरा गर्न सक्छौँ की सक्दैनौँ भन्ने प्रश्न अहिले खडा भएको छ ।”


महासचिव पौडेलले नेकपाको भविष्यसँग देश र जनताको भविष्य जोडिएको बताउँदै पार्टी एकता जोगाउँदै विवाद समाधान गरी अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । उहाँले अन्तिम क्षणसम्म पनि पार्टी एकता जोगाउन लागी पर्ने उल्लेख गर्नुभयो । पार्टीभित्र मर्यादाले सीमा नाघेको चर्चा गर्दै उहाँले सबैले पार्टीको विधि र प्रक्रियाभित्र रहेर छलफल गर्न जरुरी रहेको स्पष्ट पार्नुभयो । मर्यादा बाहिर गएर भएका आरोपप्रत्यारोप समाधान गर्दै पार्टी पुनः एकताबद्ध हुने भन्दै उहाँले पार्टी एकताको रक्षाका लागि एक ठाउँमा उभिन सबैलाई आग्रह गर्नुभयो ।


पार्टीभित्रको विवाद समाधानका लागि बनेको कार्यदलले ल्याएका प्रस्ताव र निर्णयलाई कार्यान्वयनतर्फ अघि बढाउने गरी नै पार्टीको विवाद समाधान हुने विश्वास व्यक्त गर्दै महासचिव पौडेलले आन्तरिक जीवनमा देखिएका समस्यालाई समाधान गर्दै पार्टी एकतालाई अरु बलियो बनाउने गरी अघि बढ्नका लागि प्रयासरत रहेको बताउनुभयो । पत्रकार भेटघाटमा पत्रकारले सोधेको जिज्ञासाको जवाफ दिँदै महासचिव पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका बीचमा सत्ता समीकरणका विषयमा नभइ संवैधानिक अङ्गमा हुने नियुक्तिका विषयमा छलफल भएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले सरकारले देश र जनताका पक्षमा एकपछि अर्को निर्णय गर्दै अगाडि बढेको स्पष्ट पार्नुभयो । “अबको समयमा सरकारका कामलाई प्रभावकारी बनाएर सकारात्मक निर्णय गर्दै जान्छौँ”, उहाँले भन्नुभयो । मन्त्री पौडेलले प्रदेशको राजधानी नहुँदा पनि रुपन्देहीलाई कुनै असर नपर्ने स्पष्ट पार्दै यो ठाउँलाई अझै माथी उठाउन विकासका मुद्दालाई ओझेलमा पर्न नदिने सङ्कल्प व्यक्त गर्नुभयो । उहाँले भन्न्ुभयो, “यो ठाउँलाई पूर्वाधार विकासका हिसाबले पछाडि पर्न दिइने छैन । आर्थिक र पर्यटकीय केन्द्रका रुपमा विकास गर्दै लैजान्छौँ । ”

अर्थमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आउनुभएका पौडेलले आज उद्योगी व्यवसायीसँग बुटवलमा छलफल गर्नुभएको छ । अर्थमन्त्री पौडेल बुधबार रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनुहुने छ । उहाँले तिनाउ – दानव कोरिडोर सडकको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

वाणगंगा स्तरिय डोरीतान संगठन गठन

ओम प्रकाश पौडेल । कपिलवस्तु । १२ फागुन । कपिलवस्तु डोरीतान संघको आयोजनमा वाणगंगा नगरस्तरिय...

१३ दिनभित्र संसद बोलाउन सर्वोच्चको आदेश

प्रतिनिधिसभा पुनर्स्थापना काठमाडाैं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

Recent Comments