९ मंसिर, कपिलवस्तु
नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई कपिलवस्तुबाट पक्राउ परेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार नेत्र विक्रम चन्द विप्लवको गाँँउ शिवगढी क्षेत्रमा प्रहरीले व्यापक गस्ती बढाएपछि एक जनालाई पक्राउ गरेको हो ।
कपिलवस्तुको बिजयनगर गाउँपालिका ४ त्रिपालनगर स्थित प्रहरी चौकी पत्थरदेइयाका प्रहरी सहायक निरिक्षक हेम बहादुर जिसीको कमण्डमा खटिएको टोलीले विप्लव कार्यकर्तालाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरिक्षक राज कुमार बैदावरले जानकारी दिनु भयो ।त्रिपालनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको बर्ष ३९ को देवराज देवकी चेकजाँच गर्दा बिप्लब समुहको झण्डा र पर्चा सहित फेला परेपछी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका देवकीको बारेमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।त्यस्तै गणेशपुर इलाका प्रहरी कार्यालयले कपिलवस्तुको बिजयनगर गाँउपालिका १ नेउलागंजका जोखु थारुको घरबाट एक थान भरुवा बन्धुक बरामद गरेको छ । भारुवा बन्दुक सहित जोखु थारुलाई समेत नियान्त्रणमा लिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।