९ मंसिर, काठमाडौं ।
पछिल्लो दुई साता कोरोना भाइरसको खोपको प्रभावकारिताबारे सुखद खबरहरु आए । अमेरिकी कम्पनी फाइजरले जर्मन बायोएनटेकसँग मिलेर विकास गरेको खोप ९५ प्रतिशत, अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको खोप ‘एमआरएनए–१२७३’ ९४।५ प्रतिशत र अक्सफोर्ड विश्वविद्यालयले एक्ट्राजेनेकासँग मिलेर विकास गरेको खोप पनि ७० प्रतिशत प्रभावकारी भएको सम्बन्धित कम्पनीहरुको दाबी छ ।
रुसी खोप स्पुतनिक–भी पनि ९२ प्रतिशत प्रभावकारी देखिएको दाबी छ ।यही बेला सरकारले खोप ल्याउन कानुनी बाटो खुला गर्दै ‘औषधि अध्यादेश २०७७’ ल्याएको छ । खोप ल्याउने खोप विज्ञ तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. श्यामराज उप्रेतीको नेतृत्वमा प्राविधिक तयारी समिति पनि बनाएको छ ।
डाक्टर उप्रेतीले २०२१ सम्म सरकारले नेपालमा ७२ प्रतिशत जनता समक्ष कोरोना विरुद्धको खोप पु¥याइसक्ने बताउनु भएको छ । अनलाईन संगको अन्तवार्तामा उहाँले आफूहरु त्यसको तयारीमा जुटि रहेको जनाउनु भयो ।