Home खेलकुद कोरोना देखियो कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेटरलाई

कोरोना देखियो कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेटरलाई

१० मंसिर, काठमाडौं ः
नेपाली क्रिकेटका ३ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना संक्रमण देखिएको हो। नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणमा बोलाएका खेलाडीहरूको हिजो कोरोना परीक्षणका लागि स्वाब संकलन गराएको थियो । कप्तान मल्लले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत आफूमा कोभिड(१९ पोजेटिभ देखिएको जानकारी गराएका छन्। उनले आफूसँग क्लोज कन्ट्याक्टमा रहेकाहरुलाई डब्ल्युएचओ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हेल्थ प्रोटोकललाई पालना गर्न पनि अनुरोध गरेका छन्।


कोरोना संक्रमण पुष्टि भएपनि आफूलाई कुनै समस्या नरहेको र पूर्णरुपमा फिट रहेको बताएका छन्। क्यानले पनि कोरोना पोजेटिभ देखिएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र १४ दिनको आइसोलेसनमा बसेको बताएको छ। क्यानले प्रशिक्षणमा बोलाएका खेलाडीहरु भोलिदेखि औपचारिक रुपमा कीर्तिपुर क्रिकेट मैदानमा प्रशिक्षणमा जाने टिम म्यानेजर विक्रम न्यौपानेले जानकारी दिएका छन्।प्रशिक्षणका लागि बोलाइएका २२ खेलाडीमध्ये पाँचजना भने अति आवश्यक काम परेकाले घर गएका र उनीहरु हप्ता दश दिनपछि मात्र सहभागी हुनेछन्। त्यसैगरी क्यानका कर्मचारी प्रदीप लामालाई पनि कोरोना देखिएको क्यानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा जारी खेलकुद अन्तर्गत आइतबार पनि विभिन्न स्पर्धा सम्पन्न ।। फागुन १४ देखि जारी प्रतियोगिता सोमबार समापन हुँदै ।।

ओम प्रकाश पौडल । कपिलवस्तु । १६ फागुन ।बुद्धभूमि नगरपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप प्रतियोगिता अन्तर्गत आइतबार पनि...

मानिस हराएकोले खोजि गरिदिनुहुन परिवारको अपिल

ओम प्रकाश पौडेल । १६ फागुन, कपिलवस्तु ।यहिफागुन ९ गते स्यांजा देखि बुटवल हुँदै कपिलवस्तु बोडगाउँ आउने क्रममा आफ््ना पिता हराई रहेकोले...

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

Recent Comments