पाल्पा । १० मंसिर ।
पाल्पामा एकैदिन २५ जना कोरोना संक्रमण देखिएको छ । बुधवार पाल्पामा १३ जना पुरुष र १२ जना महिलामा संक्रमण पुष्टि भएको हो ।तानसेन नगरपालिका तथा अस्पतालका १८ जना, रामपुर नगरपालिकाका २ जना, माथागढी गाउँपालिकाका ३ जना, पूर्वखोला र तिनाउ गाउँपालिकाका १। १ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
बुधवार २५ जना थपिएसँगै हालसम्म पाल्पामा १ हजार ५ सय ९ जना संक्रमित पुगेका छन् । संक्रमितमध्ये १ हजार २ सय ३७ जना निको भइसकेका छन् ।
पाल्पामा एकै दिन २५ जनामा कोरोना संक्रमण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1