१० मसिर २०७७
महोत्तरी – बालिका हत्याको विरोधमा महोत्तरीका ठाउँ ठाउँमा आज दिनैभरि प्रदर्शन भएको थियो । महोत्तरीको बर्दिवास, जलेश्वर र सम्सीमा स्थानीयहरूले दिनैभरि प्रर्दशन गरेका हुन् ।
बर्दिवास नगरपालिकाकी ६ वर्षीया बालिकाको परिवारलाई उचित क्षतिपूर्ति र प्रहरीको गोली लागि उपचारको क्रममा ज्यान गुमाएका सञ्जय न्यौपानेलाई शहीद घोषणालगायतका माग राख्दै प्रर्दशन भएको हो ।
गएको अस्तिदेखि हराएकी ६ बर्षीया बालिकाको शव हिजो मध्यरातमा भेटिएको थियो । बालिकाको बलात्कारपछि हत्याको आरोपमा गौशाला नगरपालिका ५ का अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
बालिका हत्याको बिरोधमा ः महोत्तरीका ठाउँ ठाउँमा दिनैभरि प्रर्दशन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1