Home जिल्ला समाचार वाणगंगामा पनि सुरु भयो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान ।।

वाणगंगामा पनि सुरु भयो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान ।।

कपिलवस्तु १० मंसिर ।
वाणगंगा नगरपालिकामा पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको शुरुवात गरिएको छ । कार्यक्रम सुरु गर्दै नगर प्रमुख मंगल प्रसाद थारुले नगरका कोही पनि महिलालाई हिंसा हुन नदिने गरि विभिन्न कार्यक्रमहरु गरिने बताउनु भएको छ । नगरभित्रका सबै महिलाहरुको अवस्था पहिचान गरि विभिन्न सिपमुलक कार्यक्रम गर्दे आएको समेत उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै नगरका उपमेयर चक्रपाणी अर्यालले महिलाहरुलाई सक्षम बनाउने कार्यमा नगरपालिका लागि परेको बताउनु भयो ।

    कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले नगरका महिलाहरुलाई आर्थिक रुपले शसक्त पार्दै विभिन्न आयमुलक कार्यक्रममा सहभागी गराइने बताउनु भयो । शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम भट्राईले लैंगिक हिंसा अन्त्यका लागि नगरले ११ वटै वडामा विभिन्न सन्देशमुलक कार्यक्रमहरु गरिने बताउनु भयो । वडा नं १ का अध्यक्ष वालकुमारी पन्त , वडा नं ५ का अध्यक्ष भिष्मराज भुषाल लगायतले लैंगिक हिंसा विरुद्धको अभियानमा सबै एक जुट भएर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रमको सञ्चालन  महिला तथा वालवालिका शाखा प्रमुख शुसिला पन्तले गर्नु भएको थियो ।

नगरपालिका बाट र्याली सहितको टोली ४ नं चोकमा आई लैंगिक हिंसा विरुद्धको सन्देश मुलक ब्यानर टागीएको थियो ।   यस वर्षको नारा  “लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता ः व्यक्ति , समाज र सबैको ऐक्यवद्धता ” भन्ने  नाराकासाथ १६ दिने लैंगिक  हिंसा विरुद्धको अभियान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments