कपिलवस्तु १० मंसिर ।
मायादेबी गाउँपालिका कपिलवस्तुमा अपांग परिचय पत्र बितरण गर्नका लागि शिबिर चलाइएको छ । गाउपालिकाले पकडी स्थित कार्यालयमा ४ दिने शिबिर सूरु आजबाट सुरु गरेका हो ।
गाउँपालिका प्रमुख बजरंगी प्रसाद चौधरी, उप प्रमुख गिता तिवारी, प्रमुख प्रशाकीय अधिकृत कृष्ण प्रसाद लामिछानेले संयुक्तरुपमा शिबिरको उद्घाटन गरे । कार्यक्रममा प्रमुख बजरंगी चौधरीले अपांग परिचय पत्रमा ढिलाई भएको स्विकार गरे ।
उनले कर्मचारी अभाव लगातयका कारणले अपांग परियत्र पत्र बितरण कार्य लामो सयम रोकिएको दुःख ब्यक्त गर्दै अब परिचय पत्र बितरणलाइृ तीब्रता दिईने बताए । गाउँपालिका स्तरीय अपांग समन्वय समितिकी अध्यक्ष तथा गाउपालिका उपाध्यक्ष गीता तिवारीले आफुहरुले बिभिन्न कारणले चाहेर पनि अपांग परिचय पत्र बितरण गर्न नसकेको भन्दै अब भने अपांगको परिचय पत्र बितरणलाई अभियानकारुपमा लैजाने बताए ।
प्रमुख प्रशाकीय अधिकृत कृष्ण प्रसाद लामिछानेले अपांगको परियत्र पत्र बितरण लागतयका सवालमा गाउँपालिकाले अब ध्यान दिने बताए । यस अघि अपांग परिचय पत्र बितरणका बिषयमभा गाउपालिकामा अपांगहरुले बिरोध प्रर्दशन र धर्ना दिएका थिए । अपांग समितिका अगुवा ओरिराम चौरासियाले अपांगको हक अधिकारका बिषयमा गाउपालिकाले ढिलै गरे पनि काम सूरु गरेको बताए ।
गाउँपालिकाका सामाजिक फाटका प्रमुख बैतुल्लाह धुनियाले ४ दिने शिबिरमा ९५ बढीलाई परिचय पत्र बितरण गर्ने योजना रहेको बताए । शिबिरमा हरनामपु प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर गंगाराम यादव लगातयका टोली छन । कार्यक्रम गाउपालिका उपाध्यक्षको अध्यक्षता र र्बैतुल्लाह धुनियाँको संचालनमा भएको थियो ।