Home प्रदेश समाचार सैनामैना नगरपालिकालाई आधुुनिक र व्यवस्थित शहरको रुपमा विकास गर्छौँ ः अर्थमन्त्री पौडेल

सैनामैना नगरपालिकालाई आधुुनिक र व्यवस्थित शहरको रुपमा विकास गर्छौँ ः अर्थमन्त्री पौडेल


१० मसिर
नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको सैनामैना नगरपालिकालाई आधुनिक र व्यवस्थित शहरको रुपमा विकास गरिने बताउनु भएको छ । सैनामैनामा निर्माण सम्पन्न भएका नवनिर्मित दुई विद्यालय भवनको आज विहान उद्धघाटन गर्दै पौडेलले यस क्षेत्रका ठूला तथा साना आयोजनालाई सम्पन्न गर्दै सैनामैनालाई आधुनिक र व्यवस्थित शहरको रुपमा विकास गरिने बताउनु भएको हो ।
सैनामैना वडा नं ३ मा रहेको लामिरह उच्च बाँध निर्माण आयोजना सैनामैनाको मात्र नभएर राष्ट्रिय गौरवको आयोजना भएको पौडेलको भनाइ छ । सैनामैना १ मा रहेको ऐतिहासिक स्थल रानिकुवाको नजिकै गौतम बुद्ध सँग सम्बन्धित पुरातात्विक वस्तुहरुको संग्रह गरि आधुनिक व्यवस्थित संग्रहालयको निर्माण प्रक्रिया समेत अगाडि बढेको उहाले बताउनु भयो ।
सैनामैना चक्रपथले नगरलाई नयाँ उचाईमा उठाउन सहयोग गर्ने तथा बुटवल र सैनामैनामाको सिमा कर्शाघाटमा बन्न लागेको कृषि उपज केन्द्र कृषि उत्पादनलाई प्रोत्साहित गर्ने महत्वपूर्ण आयोजना भएको उहाँको भनाइ थियो । त्यसैगरी सैनामैना वडा नं १ र बुटवल उपमहानगरपालिकाको वडा नं. १६ मा रहेको कर्साघाटको वारिपारी कृषि उत्पादनलाई प्रोत्साहन गर्न आधुनिक कृषि प्रशोधन केन्द्र स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो । पौडेलका अनुसार आधुनिक प्रशोधन केन्द्र नगरको मात्र नभएर लुम्बिनी प्रदेशकै ठूलो र कृषि उत्पादनलाई प्रोत्साहित गर्ने एउटा महत्वपुर्ण आयोजना हो । सैनामैना नगरपालिका वार्ड न९ पिपलडाडा मा सैनामैनाको गहनाको रुपमा रहेको निर्माणधिन स्मार्ट रिफ्रेस सेन्टरको शिलान्यास लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय शंकर पोख्रेल बाट २०७७ मंसिर १२गते शुक्रवार बिहान ८ बजे शिलान्यासको हुने हुदा अनुगमन साथै पुर्व तयारी गर्दै नगरप्रमुख चित्र बहादुर कार्की ,खानेपानी योगिकुटिका प्रमुख राज कुमार चौधरी ,वार्ड अध्यक्ष ,पत्रकार लगायतको टिममा सम्पूर्ण सैनामैना नगरवासी लाई शुक्रबार बिहान ८ बजे सैनामैना ९ को पिपलडाडामा उपस्थिति भैदिनु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments