११ मङ्सिर, कैलाली ।
डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ खैरोडामा गएराति एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।स्थानीय ३० वर्षकी महिलामाथि मेला हेरेर फर्किएका युवाहरुले सामूहिक बलात्कार गरेका हुन् । ‘मेला हेरेर फर्किएका २ पुरुषले गोठमा काम गरिरहेकी महिलामाथि बलात्कार गरेको भन्ने उजुरी आएको छ, घटनाबारे थप अनुसन्धान गरिरहेका छौ ।’ डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले भने ।
घटनामा संलग्नको आरोपमा प्रहरीले स्थानीय ३० वर्षका टेक दमाईंलाई पक्राउ गरेको छ ।