Home प्रदेश समाचार तिलोत्तमामा अस्पताल शिलान्यास

तिलोत्तमामा अस्पताल शिलान्यास

११ मंसिर, बुटवल ।

तिलोत्तमा नगरपालिकामा १५ शैय्याको अस्पताल शिलान्यास गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार अस्पतालको शिलान्याश गरेका हुन् । अस्पतालको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए । हरेक पालिकामा कम्तिमा एउटा १५ शैय्याको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार अस्पतालको शिलान्यास गरिएको हो । २०४० सालमा स्थापना भएको आनन्दवन स्वास्थ्य चौकीलाई स्तरोनन्ती गरी १५ शैयाको अस्पताल बनाउन थालिएको हो । १४ कठ्ठा क्षेत्रफलमा १८ करोडको लागतमा अस्पताल निर्माण हुन लागेको हो ।चालु आर्थिक वर्षमा अस्पताललाई एक करोड रुपैयाँ बजेट तिलोत्तमा नगरपालिकाले निकासा गरिसकेको छ । हाल बर्थिङ सेन्टर र प्रयोगशालासहित सेवा प्रदान गरेको स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नती भएपछि प्राथमिक अस्पताल समूह ‘ख’ अनुसारको सेवा उपलब्ध हुने छ ।

शिलान्यास कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरेले तिलोत्तमाकै सेमरा बजार स्वास्थ्य चौकीलाई पनि अस्पतालमा स्तरोन्नति गराउन पहल भइरहेको बताए ।एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यो तिलोत्तमा नगरपालिका कै पहिलो सरकारी अस्पताल हुने र अस्पताल सञ्चालनमा आएपछि मेडिकल सुपरिडेन्डेन्ट,मेडिकल अफिसर, जनस्वास्थ्य निरीक्षक सहित २८ जनाको सरकारी दरबन्दी हुने स्वास्थ्य चौकी इञ्चार्ज ज्ञानप्रसाद पौडेलले बताए ।अस्पताल निर्माणका लागि १४ कठ्ठा जग्गा दान गर्ने वझा परिवारलाई सम्मान गरिएको छ ।

बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझा, डा. सरोज वझा लगायत दाजुभाइको परिवारले अस्पताल निर्माणका लागि १४ कठ्ठा जग्गा निशुल्क उपलब्ध गराएका थिए । २०४० सालमा बागलुङका स्व. गोपालप्रसाद वझा, स्व. अमृतप्रसाद वझा र स्व. शम्भुप्रसाद वझाले स्वास्थ्य चौकीलाई १० कठ्ठा जग्गा दिएका थिए ।  तर अहिले अस्पताललाई स्तरोन्नति गरिने भएपछि वझा परिवारले ४ कठ्ठा जमिन पुनः निशुल्क उपलब्ध गराएका थिए ।वझा परिवारले अस्पताललाई उपलब्ध गराएको जमिनको मूल्य करिब सात करोड रहेको छ ।अर्थमन्त्री पौडेलले अस्पताल शिलान्याशका अवसरमा जग्गा दाता वझा परिवारलाई दोसल्ला र कदर पत्रले सम्मान गरेका हुन् ।आफ्नी माइली आमाको क्यान्सर रोगका कारण उपचार नपाई ज्यान गएको घटनाले आफ्नो परिवारमा ठूलो पीडा भएकाले उपचारको अभावमा कसैको मृत्यु नहोस् भनेर जग्गा दान दिइएको जग्गादाता जीवन वझाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments