Home अर्थ नेप्से परिसूचकमा नयाँ रेकर्ड

नेप्से परिसूचकमा नयाँ रेकर्ड

११ कात्तिक, काठमाडौं ।

नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक तथा सेयर कारोबार रकमले समेत नयाँ रेकर्ड राखेको हो ।बिहीबार नेप्से परिसूचक १८ दशमलव ४३ अंकले बढेर १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेको छ । यो नेपाली सेयर बजारको इतिहासमै सबै भन्दा धेरै हो । यस अघि २०७३ सालमा नेप्से परिसूचक १ हजार ८ सय ८१ सम्म पुगेको थियो ।

त्यसयता लगातार ओरालो लागेको बजार ४ वर्ष पछि पहिलेको रेकर्ड तोड्न सफल भएको हो । बिहीबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत २ दशमलव ८५ अंकले बढेको छ ।नेप्से परिसूचकसँगै सेयर कारोबार रकमले समेत नयाँ रेकर्ड राखेको छ । बिहीबार दिनभर भएका ७० हजार भन्दा धेरै कारोबारबाट २०१ कम्पनीको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँ पुगेको छ ।

यो हालसम्मकै उच्च कारोबार हो । यस अघि एकैदिन ६ अर्ब ११ करोडको कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । अब भने नयाँ रेकर्ड कायम भएको छ । यद्यपि, नेप्सेमा कारोबार हुने अधिकांश उपसमूहरु ओरालो लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments